Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
कांग्रेस विशेष महाधिवेशन: उम्मेदवारी मनोनयन दर्ता जारी
बुधवार, पौष ३०, २०८२
काठमाडौं, ३० पुस। नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत निर्वाचन प्रक्रिया अघि बढेको छ ।
निर्वाचन समितिले उम्मेदवारी मनोनयन दर्ता जारी रहेको जनाएको हो । निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले बुधबार बिहान ९ः१५ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकिएको बताउनुभयो । लगत्तै निर्वाचनको अन्य काम अगाडि बढाइने पनि बताउनुभएको छ। पार्टीको पुरानै विधानअनुसार हुन लागेको निर्वाचनमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, ८ सहमहामन्त्री र १ सय २१ सदस्य पदका लागि निर्वाचनको काम अघि बढेको हो ।
कांग्रेसको १४औं महाधिवेशनमा ४ हजार ७ सय ४३ मतदाता रहेकामा निधन भएका र अन्य पार्टीमा प्रवेश गरेका बाहेक हाल ४ हजार ६ सय ३५ महाधिवेशन प्रतिनिधि रहेको विशेष महाधिवेशन सचिवालयले जनाएको छ ।