Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
इरानमा सरकार विरोधी प्रदर्शन क्रममा २ हजारको मृत्यु
बुधवार, पौष ३०, २०८२
काठमाडौं, ३० पुस । इरानमा सरकारविरोधी प्रदर्शन क्रममा २ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ ।
मानव अधिकारवादी संस्थाहरूका अनुसार पछिल्लो १७ दिनमा १ हजार ८ सय ५० जना प्रदर्शनकारीहरुको मृत्यु भएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी जनतालाई सहायता आउँदै छ भन्दै चेतावनीपूर्ण अभिव्यक्ति दिनुभएको छ। प्रदर्शन इरानभरी १ सय ८० भन्दा बढी शहरमा फैलिएको हो। महँगी र मुद्रा अवमूल्यनबाट शुरु भएको आन्दोलन राजनीतिक परिवर्तनको मागमा परिणत भएको छ ।
संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायले इरानी सरकारलाई हिंसा रोक्न र इन्टरनेट सेवा पुनः सञ्चालन गर्न आग्रह गरेका छन् । १६ हजार भन्दा बढी प्रदर्शनकारी पक्राउ परिसकेको जनाइएको छ ।