काठमाडौँ, ३० पुस । साफ महिला फुटसल च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपालले श्रीलङ्कासँग बराबरी खेलेको छ ।
बैंककस्थित नोनथाबुरी रङ्गशालाको फुटसल एरिनामा मङ्गलबार साँझ भएको खेलमा नेपाल श्रीलङ्कासँग २–२ गोलको बराबरीमा रोकिएको हो ।
नेपालका लागि मनीषा थापामगर र विमला चौधरीले गोल गर्नुभयो । श्रीलङ्काका दागि धर्मिका सिवानेस्वरन र थरिन्दीवेल विटाले गोल गर्नुभयो । नेपालले दोस्रो खेल बिहीबार माल्दिभ्ससँग खेल्नेछ ।



