Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
श्रम संस्कृति पार्टीद्वारा झापाका ५ वटै क्षेत्रमा उम्मेदवार घोषणा
बुधवार, पौष ३०, २०८२
झापा, ३० पुसः धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको ‘श्रम संस्कृति पार्टी’ले झापाका पाँचवटै निर्वाचन क्षेत्रका लागि प्रत्यक्षतर्फका उम्मेदवारको नाम सार्वजनिक गरेको छ।
पार्टीले आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्नो सांगठनिक विस्तार र चुनावी तयारीलाई तीव्रता दिएको हो। सुनसरीको धरानमा पार्टी अध्यक्ष साम्पाङको उपस्थितिमा उम्मेदवारहरूको औपचारिक घोषणा गरिएको थियो।
घोषणा गरिएका उम्मेदवारहरूमा झापा क्षेत्र नम्बर १ बाट केबलराम राई, क्षेत्र नम्बर २ बाट केशव भण्डारी, क्षेत्र नम्बर ३ बाट दीपक तिम्सिना, क्षेत्र नम्बर ४ बाट अमृता राई र क्षेत्र नम्बर ५ बाट शिवन सोरानी मगर रहनुभएको छ।
उम्मेदवार घोषणा कार्यक्रममा सहभागी हुन झापाका पाँचैजना उम्मेदवारहरू धरान पुग्नुभएको थियो। निर्वाचन आयोगमा दल दर्ता गराएसँगै अध्यक्ष साम्पाङले देशव्यापी चुनावी अभियान सुरु गर्नुभएको छ।
स्वतन्त्र अभियानबाट राजनीतिमा उदाएका साम्पाङले अहिले पार्टीगत माध्यमबाट आफ्नो ‘श्रम संस्कृति’को एजेन्डालाई देशभर पुर्याउने लक्ष्य राख्नुभएको छ।