मङ्गलवार, फागुन १९, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

समानुपातिक निर्वाचन : एक सय पचहत्तर उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

बिहिवार, माघ १, २०८२

काठमाडौँ, १ माघ   । समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत राजनीतिक दलले निर्वाचन आयोगमा बुझाएका बन्दसूचीबाट १८ दलका १७५ उम्मेदवारले नाम फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता लिएका १८ दलमध्ये दुई दलको एक चुनाव चिह्न छ । राष्ट्रिय मुक्ति पार्टी नेपाल र जनता समाजवादी पार्टीको चुनाव चिह्न एउटै छ । चिह्नका आधारमा भने १७ चुनाव चिह्नका बन्दसूचीबाट १७५ नाम फिर्ता भएका हुन् । समानुपातिकको मतपत्रमा ५८ वटा चुनाव चिह्न रहने निश्चित भइसकेको छ । 

जनता समाजवादी पार्टी नेपालसँग एकीकृत भएपछि लोकतान्त्रिक समाजवादी पार्टीका ११० जना नै उम्मेदवारको नाम फिर्ता भएको छ । लोसपाका उम्मेदवारको नाम फिर्ता भए पनि समानुपातिक निर्वाचनतर्फको मतपत्रमा चुनाव चिह्न भने रहने छ । लोसपाका ३२ उम्मेदवारको नाम जसपाको बन्दसूचीमा समावेश भइसकेको छ ।  

निर्वाचन आयोगका अनुसार पुस २८ गते तोकिएको समयमा उम्मेदवारी फिर्ताको निवेदन दिनेमा उन्नत लोकतन्त्र पार्टीका खस आर्य समूहका दुई, एकल चुनाव चिह्न जाँतोका आदिवासी जनजाति समूह एक र गतिशील लोकतान्त्रिक पार्टीका एक जनाले उम्मेदवारी फिर्ता लिएका छन् । आदिवासी जनजाति समूहका एक जनाले फिर्ता लिएका हुन् । 

यस्तै जनमत पार्टीका २० जनाले पनि बन्दसूचीबाट नाम फिर्ता लिएका छन् । जसमा आदिवासी जनजाति समूहका चार र खस आर्यका १६ जना छन् । जनादेश पार्टी नेपालका छ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । फिर्ता लिनेमा आदिवासी जनजाति समूहका तीन, खस आर्य समूहका एक, थारू र दलित समूहका एक÷एक जना छन् । 

नेकपा (एमाले) का पाँच जनाले नाम फिर्ता लिएका छन् । फिर्ता लिनेमा आदिवासी जनजाति समूहका दुई, खस आर्यका दुई र मधेशी समूहका एक जना छन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का चार जनाले नाम फिर्ता लिएका छन् । जसमा खस आर्य समूहका दुई र आदिवासी जनजाति तथा मधेशी समूहका एक÷एक जना छन् । नेपाली जनता पार्टीका आदिवासी जनजाति समूहका एक जनाले उम्मेदवारी फिर्ता लिएका छन् । 

नेपाली कांग्रेसका खस आर्य समूहका दुई उम्मेदवारले नाम फिर्ता लिएका छन् । यस्तै नेपाली कम्युनिस्ट पार्टीका मधेशी समूहका दुई जनाले पनि नाम फिर्ता लिएका छन् । प्रगतिशील लोकतान्त्रिक पार्टीका खस आर्य समूहका एक जनाले बन्दसूचीबाट नाम फिर्ता लिएका छन् । 

राष्ट्र निर्माण दल नेपालका चार जनाले उम्मेदवारी फिर्ता लिएका छन् । जसमा खस आर्य समूहका तीन र दलित समूहका एक जना छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका १२ जनाले नाम फिर्ता लिएका छन् । जसमा आदिवासी जनजाति समूहका पाँच, खस आर्य समूहका छ र मधेशी समूहका एक जना छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका आदिवासी जनजाति र मधेशी समूहका एक/एक जनाले उम्मेदवारी फिर्ता लिएका छन् । सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संयुक्त नागरिक पार्टीका एक÷एक    जनाले नाम फिर्ता लिएका छन् । मञ्चका आदिवासी जनजाति समूहका एक र नागरिक पार्टीका दलित समूहका एक जनाले नाम फिर्ता लिएका हुन् ।

निर्वाचन आयोगको सूचनाबमोजिम उम्मेदवार आफैँ उपस्थित भएर वा वारेसमार्फत नामावली फिर्ता लिएका हुन् । उम्मेदवारले नाम फिर्ता लिएकोबारे अब आयोगले सम्बन्धित राजनीतिक दललाई सूचित गर्ने छ । रिक्त रहेको स्थानमा दलले नयाँ उम्मेदवार सिफारिस गर्न पाउने छन् । माघ ४ गते आयोगले बन्दसूची सार्वजनिक गर्ने छ । 

सम्बन्धित खबर