Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
बिहिवार, माघ १, २०८२
काठमाडौँ, १ माघ । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ । विगत चार दिनदेखि निरन्तर उकालो लागेको सुन र चाँदीको मूल्य बिहीबार केही कम भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ७६ हजार ५०० रुपैयाँत्यति नै चाँदीको मोल पाँच हजार ४८५ रुपैयाँ कायम भएको छ ।
बुधबार एक तोला सुन दुई ७८ हजार र त्यति नै चाँदीको मोल पाँच हजार ६५५ रुपैयाँमा कारोबार भएको थियो । मङ्गलबार एक तोला सुन दुई लाख ७६ हजार ५०० र त्यति नै चाँदीको मोल पाँच हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।
गत आइतबार प्रतितोला दुई लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाला सुन हिजो तोलामा चार हजार १००ले बढेर दुई लाख ७४ हजार ७०० रुपैयाँ कायम भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६३८ र त्यति नै परिमाणको सेतो धातु ९२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।