Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
झापा सवारी दुर्घटना अपडेटः आमा-छोराको मृत्यु
बिहिवार, माघ १, २०८२
झापा, १ माघः झापाको कनकाई नगरपालिका-३ स्थित पूर्व-पश्चिम लोकमार्गमा आज बस र पिकअप भ्यान ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
बिर्तामोडबाट माईधारतर्फ गइरहेको मे १ च ४५१५ नम्बरको पिकअप र विपरीत दिशाबाट आउँदै गरेको ना ५ ख २१४९ नम्बरको बस ठोक्किँदा भद्रपुर-८ की ४० वर्षीया सुष्मा राजवंशी र उनका १८ महिनाका छोरा आरुतको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।
घाइतेहरूको विर्तासिटी र विएण्डसी अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । दुर्घटनापछि फरार बस चालकको खोजी भइरहेको छ भने मालबाहक गाडीका चालक बिर्तामोड नगरपालिका–६ का ३९ वर्षीय जाकिर हुसेनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।