बिहिवार, असोज ३, २०८१
NayaPaper | अनलाइन पत्रिका

एशियन बडीबिल्डिङ प्रतियोगितामा भाग लिन जाने तुल श्रेष्ठको विदाई

बुधवार, भदौ १३, २०८०

बिर्तामोड । काठमाण्डौमा आयोजित ५५ औं एशियन बडीबिल्डिङ प्रतियोगितामा भाग लिन जान लागेका तुल श्रेष्ठलाई विदाई गरिएको छ ।

अर्जुनधारा नगरपालिका वडा नम्बर ७ स्थित शनिस्चरेमा रहेको ब्रदर्स एण्ड सिस्टर जिम हाउसमा आज (बुधबार) आयोजित एक कार्यक्रमका विच श्रेष्ठलाई खादा र अबिर लगाएर विदाई गरिएको हो ।श्रेष्ठले भदौ १५ गतेदेखि सुरु हुने यस प्रतियोगितामा ९० केजी तौल समुहमा प्रतिस्पर्धा गर्ने जनाईएको छ ।

विदाई कार्यक्रममा बोल्दै अर्जुनधारा ८ का वडाअध्यक्ष कुमार उप्रेतीले बडीबिल्डिङ खेलकूद क्षेत्रको छुट्टै पहिचान दिने बिधा रहेको बताउनु भयो । खेलाडी श्रेष्ठले यस क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै वडाअध्यक्ष उप्रेतीले जीतको शुभकामना व्यक्त गर्नु भयो ।

यस्तै कार्यक्रममा बोल्दै खेलाडी श्रेष्ठले एशियन बडीबिल्डिङ प्रतियोगितामा आफुले 'गोल्ड मेडल' जित्ने विश्वास व्यक्त गर्नु भयो । श्रेष्ठले मिस्टर दुवई, मिस्टर कुवेत लगायत बडीबिल्डिङ ओलम्पिकहरुमा समेत प्रतिस्पर्धा गरेर विभिन्न उपाधी प्राप्त गरिसक्नु भएको छ । 

खेलाडी विदाई कार्यक्रममा बडीबिल्डिङ संघका केन्द्रिय सदस्य तथा पुर्वेली युवा क्लबका कार्यवहाक अध्यक्ष दिपेन चौधरी, शारिरिक सुगठन संघ झापाका कार्यवहाक अध्यक्ष दिपेन गिरी, व्यवसायी प्रविन अग्रवाल, धिरज अग्रवाल, मधुसुदन अधिकारी, नितेश बस्नेत, निरोज खान, पुर्वान्चल वेकरी बिर्तामोडका सन्चालक प्रह्लाद अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

५५ औं एशियन बडीबिल्डिङ प्रतियोगिता काठमाडौंको याक एण्ड यति होटलमा भदौ १५ गतेदेखि २२ गतेसम्म सन्चालन हुनेछ ।

सम्बन्धित खबर