बिर्तामोड, १ माघ : वीरता लेडी जेसीज वर्ष २०२६ का लागि नवनिर्वाचित नेतृत्वको पदस्थापन कार्यक्रम आज सम्पन्न भएको छ। संस्थापक अध्यक्ष सारदा ढकाल रिजालको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नयाँ कार्यसमितिले औपचारिक रूपमा जिम्मेवारी सम्हालेको हो।
कार्यक्रममा वर्ष २०२५ की अध्यक्ष निशा शाक्यले वर्ष २०२६ की नवनिर्वाचित अध्यक्ष मुना अधिकारी ढुंगेललाई चेन लगाई पद हस्तान्तरण गर्नुभएको थियो। पद हस्तान्तरणसँगै नयाँ नेतृत्वले संस्थालाई थप सशक्त र सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
वर्ष २०२६ का लागि चयन भएको कार्यसमितिमा अध्यक्षमा मुना अधिकारी ढुंगेल, कार्यकारिणी उपाध्यक्षमा अस्मिता राई कुरुम्बाङ र कविता ओली मैनाली, कानुनी सल्लाहकारमा कोपिला पोखरेल, महासचिवमा चन्द्रकला रिजाल भट्टराई र कोषाध्यक्षमा एलिना रिजाल रहनुभएको छ।
यस्तै उपाध्यक्षहरूमा पार्वता श्रेष्ठ, तारा रिजाल, निकिता अग्रवाल र दिक्षा कडरिया, सह–सचिवमा तारा बस्नेत, जनसम्पर्क अधिकारीमा हेलेन खरेल, शाखा सम्पादकमा भावना बस्नेत तथा तालिम आयुक्तमा अञ्जली शाह हुनुहुन्छ ।
कार्यक्रममा वीरता लेडी जेसीजका पूर्व अध्यक्षहरू तथा मानार्थ सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिँदै सामाजिक सेवा, नेतृत्व विकास र महिला सशक्तीकरणका क्षेत्रमा संस्थाले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।



