Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा
शुक्रवार, माघ २, २०८२
वासिङ्टन, २ माघ: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा शान्ति परिषद् गठन गर्ने घोषणा गर्नु भएको छ, जुन प्यालीष्टिीनी क्षेत्रमा युद्ध अन्त्य गर्ने उद्देश्यले अमेरिकी योजनामा उल्लेखित निकाय हो ।
सामाजिक सञ्जाल ट्रुथमा ट्रम्पले परिषद्को गठन भएको घोषणा गर्नु ठूलो सम्मानको कुरा भएको उल्लेख गर्दै यसका सदस्यहरूको सूची चाँडै सार्वजनिक हुने बताउनु भएको छ । उहाँले परिषद्लाई सबैभन्दा ठूलो र सबैभन्दा प्रतिष्ठित परिषदको रूपमा वर्णनसमेत गर्नु भएको छ ।
शान्ति परिषद्को प्रमुखको हैसियतमा उहाँले नयाँ नियुक्त प्यालेस्टिनी प्राविधिक समिति र संक्रमणकालीन अवधिमा गाजाको प्रशासन हेर्ने राष्ट्रिय समितिलाई समर्थन गरेको बताउदै प्यालेस्टिनी नेताहरू शान्तिपूर्ण भविष्यका लागि दृढ प्रतिबद्ध रहेको जनाउनु भएको छ ।
युद्धपछिको अवधिमा गाजाको व्यवस्थापन गर्न १५ सदस्यीय प्यालेस्टिनी प्राविधिक समिति गठन भएको केही समय पछि यो घोषणा आएको हो ।
अमेरिका समर्थित गाजा शान्ति योजना गत अक्टोबर– १० देखि लागु भएको थियो भने यस क्षेत्रमा अन्तर्राष्ट्रिय बलको तैनाथी का साथै प्यालेस्टिनी प्रहरी एकाइहरूको प्रशिक्षणको प्रावधान समावेश छ । अमेरिकी मध्यपूर्वका दूत स्टिभ विटकोफका अनुसार बुधबार देखि लागु भएको योजनाको दोस्रो चरण गाजा पट्टीको पुनर्निर्माणमा केन्द्रित छ ।