Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
झापामा मोटरसाइकल दुर्घटना: निरौलाको मृत्यु
शनिवार, माघ ३, २०८२
झापा, ३ माघः झापाको बिर्तामोडमा शुक्रबार राति भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।
बिर्तामोड नगरपालिका वडा नं. ८ स्थित हर्चना टोलमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा भद्रपुरका ३६ वर्षीय सुदिर निरौलाको ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार राति करिब ८:१५ बजे सैनिकमोडबाट भद्रपुरतर्फ जाँदै गरेको प्र१-०१-०१४ प ५११९ नम्बरको मोटरसाइकल सडकमा अनियन्त्रित भएर दुर्घटना भएको थियो। दुर्घटनामा परेर चालक निरौला गम्भीर घाइते भएका थिए।
घाइते निरौलालाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल पुर्याइएको थियो।
अस्पताल पुर्याएपछि उपचारकै क्रममा राति ९:१५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।