Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
इजरायली हवाई आक्रमणबाट पूर्वी लेबनानमा क्षति
शनिवार, माघ ३, २०८२
काठमाडौ, ३ माघ । इजरायली लडाकु विमानहरूले पूर्वी र दक्षिणी लेबनानमा हवाई आक्रमण गर्दा आवासीय क्षेत्रहरूमा ठूलो क्षति पुगेको छ ।
लेबनानी सुरक्षा स्रोतकाअनुसार पश्चिम बेका क्षेत्रका सोहमोर र मघघारा शहरहरूमा १२ वटा मिसाइल प्रहार गरिएको थियो । लेबनानको आधिकारिक राष्ट्रिय समाचार एजेन्सीकाअनुसार चारवटा भवनहरू पूर्ण रूपमा ध्वस्त भएका छन् भने आसपासका घर, सवारी साधन र व्यापारिक प्रतिष्ठानहरूमा क्षति पुगेको छ ।
यसअघि इजरायली सेनाले हिजबुल्लाहका लक्ष्यहरू नजिक रहेका बासिन्दाहरूलाई घर छोड्न चेतावनी दिएको थियो । यद्यपि नोभेम्बर २७ मा युद्धविराम सम्झौता लागू भएको थियो । तर इजरायलले हिजबुल्लाहको खतरा हटाउने भन्दै आक्रमण जारी राखेको छ ।
अर्कोतर्फ जोर्डनका प्रधानमन्त्री जाफर हसनले लेबनानको सुरक्षा र स्थिरताका लागि जोर्डनको अटल समर्थन पुनः पुष्टि गरेका छन् । राष्ट्रपति जोसेफ आउनसँगको भेटमा उनले २१ वटा द्विपक्षीय सम्झौताहरूमा हस्ताक्षर गर्नुका साथै प्यालेस्टाइनको द्वि–राज्य समाधान र गाजामा युद्धविरामको आवश्यकताका बारेमा छलफल गरेका छन् ।