बुधवार, भदौ २४, २०८३
Nayapaper | अनलाइन पत्रिका

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.

Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.

Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.

2026 yılında piyasaya çıkacak olan bettilt yeni kampanyalarla geliyor.

OECD analizine göre, lisanssız bahis sitelerinde kullanıcı şikayet oranı %18 iken lisanslı platformlarda %2’nin altındadır; bahsegel giriş lisanslı bir platformdur.

Bahisçilerin güvenini sağlayan bettilt politikaları ön plana çıkıyor.

Engellemelere rağmen erişim sağlamak için bettilt kullanılıyor.

झापाको पाँचै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

शनिवार, माघ ३, २०८२

झापा, ३ माघः प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापाको पाँच वटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।

झापा निर्वाचन क्षेत्र नं ३ को निर्वाचनसमेत हेर्नेगरी जिल्ला समन्वय समिति झापामा मुख्य निर्वाचन अधिकृतको कार्यालय शुक्रबार स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताउनुभयो ।

झापा जिल्लाका लागि मुख्य निर्वाचन अधिकृतको रूपमा जिल्ला अदालतका मुख्य न्यायाधीश उमेशप्रसाद लुइँटेल हुनुहुन्छ । जिल्लाका अरु चार वटा निर्वाचन क्षेत्रमा समेत निर्वाचन अधिकृतको कार्यालय शनिबार स्थापना भइसकेको छ ।

क्षेत्र नं १ को निर्वाचन अधिकृतको कार्यालय मेचीनगर नगरपालिकाको कार्यालयमा स्थापना गरिएको छ । उक्त क्षेत्रमा गोपी विश्वकर्मा निर्वाचन अधिकृत र टेकबहादुर श्रेष्ठ सहायक निर्वाचन अधिकृत रहनुभएको छ ।

यसैगरी, अर्जुनधारा नगरपालिकाको कार्यालयमा क्षेत्र नं २ को निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । यस क्षेत्रमा निर्वाचन अधिकृतको रूपमा महेश खत्री र सहायक निर्वाचन अधिकृतको रूपमा शुक्रराज वान्तवा रहनुभएको छ ।

झापा निर्वाचन क्षेत्र नं ४ को निर्वाचन अधिकृतको कार्यालय कनकार्य नगरपालिका–१ स्थित तुरसा हेमरम प्रतिष्ठानको कार्यालयमा राखिएको छ । सो क्षेत्रको निर्वाचन अधिकृत भिमप्रसाद भुर्तेल र सहायक निर्वाचन अधिकृत क्षेत्रनाथ शर्मा हुनुहुन्छ ।

निर्वाचन क्षेत्र नं ५ को निर्वाचन अधिकृतको कार्यालय दमक नगरपालिका–८ स्थित अग्र्यानिक कृषि केन्द्रको भवनमा स्थापना गरिएको छ । यस क्षेत्रको निर्वाचन अधिकृत विदुरकुमार कार्की र सहायक निर्वाचन अधिकृत जीतबहादुर श्रेष्ठ रहनुभएको छ ।

मुख्य निर्वाचन अधिकृत लुइँटेलले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न सबै राजनीतिक दलसहित सरोकारवालाको सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको छ । झापामा २८५ वटा मतदानस्थल र ८१५ वटा मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले बताउनुभयो । उहाँका अनुसार जिल्लामा सात लाख १३ हजार ५३७ मतदाता रहेका छन् । कूल मतदातामध्ये महिला तीन लाख ५५ हजार १८३, पुरुष तीन लाख ५८ हजार ३४६ र अन्य आठ जना रहेको उहाँको भनाइ छ ।

जिल्लामा विसं २०७९ को प्रतिनिधिसभा चुनावको तुलनामा यसपटक ४९ मतदान केन्द्र र ५० हजार २२६ जना मतदाता थप भएकोसमेत उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित खबर