मङ्गलवार, फागुन ५, २०८२
Nayapaper | अनलाइन पत्रिका

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

विकास गिरीको नेतृत्वमा झापामा युथ भोलिन्टियर फोर्स घोषणा

शनिवार, माघ ३, २०८२

बिर्तामोड,३ माघ : झापामा युथ भोलिन्टियर फोर्स घोषणा गरिएको छ । झापा बिर्तामोडका विकास गिरीको नेतृत्वमा ६२ सदस्यीय फोर्स घोषणा गरिएको हो ।
नेकपा एमाले झापाको जिल्ला पार्टी कार्यालय बिर्तामोडमा आज युथ भोलिन्टियर फोर्सका केन्द्रीय कमान्डर पुष्पराज श्रेष्ठले झापाको जिल्ला फोर्स घोषणा गरेका हुन् ।

युथ भोलिन्टियर फोर्स झापाको जिल्ला कमाण्डरमा विकास गिरी, सहायक कमाण्डरहरुमा भानु सुब्बा र बाबु लिम्बुसहितको जिल्ला फोर्स घोषणा गरिएको हो । युथ भोलिन्टियर फोर्सले पहिलो जिल्ला नेतृत्व घोषणा गरेको हो । युथ भोलिन्टियर फोर्सका केन्द्रीय कमाण्डर श्रेष्ठले उनीहरुलाई सपथग्रहण गराएका छन् ।


युथ भोलिन्टियर फोर्स झापा घोषणा कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले नेपाली जनताको सुरक्षाका लागि देशभर संगठन विस्तार गर्ने जानकारी दिए । उनले झापामा पहिलो पटक जिल्ला फोर्स घोषणा गरेको बताउँदै देशभित्र भइरहेका विदेशी चलखेल विरुद्ध युवाहरु एक हुन आह्वान गरेका छन् । प्रमुख अतिथि श्रेष्ठले देश जलाउने र बनाउनेबीचको भिन्नता छुट्टाएर अघि बढ्न युवाहरुलाई सुझाव दिए ।

नेकपा एमालेलाई देशको निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्न निर्वाचनमा बहुमत ल्याउने उनको धारणा थियो । विदेशी चलखेलबाट देशको रक्षाका लागि युथ भोलिन्टियर फोर्स सतिसाल झै उभिने बताए ।
घोषणा कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य झापा संयोजक रोमनाथ ओली, युथ भोलिन्टियर फोर्सका केन्द्रीय सदस्य राजकुमार थापा, एमाले झापाका उपाध्यक्ष शिव ढुङगेल लगायतले मन्तव्य राखेका थिए ।

युथ भोलिन्टियर फोर्स जिल्लाको टोलटोलमा सुरक्षा दस्ताका रुपमा गठन गर्दै जाने झापाका कमाण्डर विकास गिरीले जानकारी दिए ।

सम्बन्धित खबर