मङ्गलवार, फागुन ५, २०८२
Nayapaper | अनलाइन पत्रिका

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

गीतकार श्रीराम राईको ‘छैन क्यारे मेरो लागि’ सार्वजनिक

आइतवार, माघ ४, २०८२

गीतकार श्रीराम राईको गीत ‘छैन क्यारे मेरो लागि’ सार्वजनिक भएको छ। ओसियन म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतमा ओमप्रकाश राईको भावपूर्ण संगीत र पेमा शेर्पा राईको मधुर स्वर रहेको छ, जसले गीतलाई अझ मर्मस्पर्शी बनाएको छ। गीतले एकतर्फी प्रेमको पीडा र आत्मीय प्रेमप्रतिको शुभेच्छा व्यक्त गरेको छ।

सार्वजनिक भएलगत्तै गीतले श्रोतामाझ राम्रो चर्चा पाउन थालेको छ। गीतमा सन्तोष प्रगाढ राईको एरेञ्ज, वीरेन्द्र भाट ‘विपिन’को सम्पादन तथा गोविन्द सोनीको मिक्सिङ–मास्टरिङ रहेको छ।

यसअघि पनि गीतकार राईका केही गीत रेकर्ड भइसकेका छन्। २०७५ सालमा शिला खनालले राईकै गीत ‘मधुमासमै मिठो साथ छुटेपछि रोएँ’ गाएकी थिइन्। त्यस्तै, २०७९ मा मनमा बी राई र २०८१ मा नवराज पराजुलीले उनका ‘सञ्चो छौ कि विसञ्चो’ गीत गाएका थिए।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७, सिर्जनाकुञ्ज, दोर्पाका स्थायी बासिन्दा राई दस वर्षे शिक्षण पेशा छोडेर काठमाडौं आएका हुन्। हाल उनी साहित्य र पत्रकारितामा सक्रिय छन्। उनका ‘टोली नेता’ (२०७४) र ‘पोलेको मकै’ (२०७८) शीर्षकका दुई बालकथासंग्रह प्रकाशित छन्।

राई रावासावा प्राज्ञिक समाज नेपालका सचिव तथा लघुकथा समाज नेपालको पहिलो शाखा खोटाङका अध्यक्ष हुन्। ‘लघुकथा सौन्दर्य’का संस्थापक राई नेपाली लघुकथाको विकासमा निरन्तर क्रियाशील छन्। उनका ‘आजका लघुकथा’ (२०७४) र ‘संयोग’ (२०७९) शीर्षकका दुई सामूहिक लघुकथासंग्रह प्रकाशित भएका छन्।

राईको संयोजन तथा ‘शारदा’ मासिकका सम्पादक विमल भौकाजीको सम्पादनमा तयार भएको सामूहिक लघुकथासंग्रह ‘बलेँसी’ हालै पाठकसामु आएको छ। यसअघि राईले ‘शैक्षिक पैरवी’ र ‘नलिनी’ पत्रिकामार्फत सम्पादन अनुभव बटुलिसकेका छन्।

नेपाली भाषा र साहित्यमा पुर्‍याएको योगदानको कदरस्वरूप राईले इडन ब्रिज एकेडेमी बालपत्रकारिता सम्मान (२०७६), संसाक भवानी शङ्कर लघुकथा सम्मान (२०७७), विष्णुहेम अक्षरमार्ग बालसाहित्य सम्मान (२०७९), साहित्यिक पत्रकार संघको स्वर्ण महोत्सव सम्मान (२०८०) तथा गोधूलि साहित्य सम्मान (२०८२) प्राप्त गरेका छन्। https://youtu.be/40evb7Ro188?si=6W3D80dH5LARG-tz

सम्बन्धित खबर