मङ्गलवार, फागुन ५, २०८२
Nayapaper | अनलाइन पत्रिका

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

धनकुटामा निर्वाचन प्रहरीमा ११ सय २६ जनाको आवेदन

आइतवार, माघ ४, २०८२

हिले, ४ माघ । धनकुाटमा निर्वाचन प्रहरीका लागि कुल ११ सय २६ को आवेदन परेको छ । यो माग गरिएभन्दा ४१ जना बढीको आवेदन परेको हो । 

नेपाल प्रहरीतर्फ १ हजार ३४ र सशस्त्र तर्फ ९२ जनाको आवेदन परेको छ । धनकुटामा नेपाल प्रहरीतर्फ ९ सय ८९ र शसस्त्र प्रहरीमा ९६ गरी १ हजार ८५ निर्वाचन प्रहरीको कोटा निर्धारण गरिएको छ । सरकारले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा खटिने निर्वाचन प्रहरीका लागि पुस २५ गतेबाट माघ १ गते सम्मका लागि दरखास्त आह्वान गरेको थियो ।  

सो अवधिमा धनकुटामा कुल ८ सय ७६ जनाको मात्र आवेदन परेपछि माघ ३ गते सम्मलाई म्याद थप गरिएको थियो । थप गरीएको अवधिमा १५८ जनाको आवेदन परेको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी डिएस्पी राजन कार्कीले जानकारी दिनु भयो ।

आवेदन न्यून परेपछि जिल्ला प्रहरी कार्यलयसहित इलाका प्रहरी कार्यालय छिन्ताङ र इलाका प्रहरी कार्यलय राजारानीबाट समेत आवेदन दिन सकिने गरी व्यवस्था मिलाएको थियो । माघ ५ गते देखि ९ सम्म निर्वाचन प्रहरीको भर्ना छनाेट सकेर १२ गते अन्तिम नतिजा प्रकाशन गर्ने तयारी छ । 

यस्तै माघ १५ गतेदेखि प्रशिक्षण सुरु गर्ने कार्यतालिका रहेको डिएस्पी कार्कीको भनाइ छ । सरकारले आगामी प्रतिनिधिसभा निर्वाचनमा खटिने निर्वाचन प्रहरीलाई प्रहरी जवानले पाउने सरहको सेवा सुविधा दिएर ४० दिन कार्यक्षेत्रमा खटाउने जनाएको छ । 

सम्बन्धित खबर