Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
क्षितिज थेवे एमाले ताप्लेजुङको उम्मेदवार
सोमवार, माघ ५, २०८२
काठमाडौँ, ५ माघ। नेकपा (एमाले) ले ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फ क्षितिज थेबेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। एमाले निकट राष्ट्रिय युवा सङ्घका अध्यक्ष समेत रहनु भएका थेबेलाई उम्मेदवार बनाउने निर्णय पार्टीले गरेको हो।
सचिवालय बैठकले सो निर्वाचन क्षेत्रको उम्मेदवार टुङ्गो लगाउने जिम्मेवारी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको थियो। सोही निर्णयअनुसार अध्यक्ष ओलीले थेबेलाई उम्मेदवार चयन गर्नु भएको हो। यसअघि उक्त निर्वाचन क्षेत्रबाट एमाले उपमहासचिव योगेश भट्टराई निर्वाचित हुनु भएको थियो।
यस पटक पार्टीले युवा नेतृत्वलाई अघि सार्दै थेबेलाई उम्मेदवार बनाएको छ। एमालेले गरेको यो निर्णयले पार्टीभित्र युवालाई प्राथमिकता दिने नीति अझ स्पष्ट भएको नेताहरूको भनाइ छ । थेबेलाई पार्टी र जनसङ्गठनमा जुझारु तथा वैचारिक युवा नेताको रूपमा लिइन्छ।
पार्टी र नेतृत्वमाथि चौतर्फी आक्रमण भइरहेका बेला नेता थेवे दृढतासाथ पार्टी नेतृत्वको पक्षमा उभिनुभएको मूल्याङ्कन गर्दै पार्टीले उहाँलाई उम्मेदवार बनाएको एमाले नेताहरूको भनाइ छ ।