Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
झापाबाट ओलीको सन्देशः हराएका र भत्किएका सपना जगाउने रोपाइँ आजैबाट सुरु
मङ्गलवार, माघ ६, २०८२
झापा, ५ माघ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी मनोनयनको दिन विशेष भएको बताउँदे मंगलबार बिहानीको सन्देश प्रवाह गर्नुभएको छ । झापा–५ बाट उम्मेदवारी दिन सोमबार दमक आउनु भएका अध्यक्ष ओलीले हराएका र भत्किएका सपनाहरुलाई आजैबाट रोपाइँ सुरु हुने सन्देश दिनुभएको छ ।
सामाजिक सञ्जाल फेसबुक वालमा अध्यक्ष ओलीले भन्नु भएको छ– ‘शुभ विहानी ! हाम्रो लागि आज एक विशेष दिन हो। हराएका र भत्किएका सपनाहरूलाई फेरि जगाउँदै, सुन्दर भविष्य निर्माण गर्ने सपनाको रोपाइँ आजबाट सुरु हुँदैछ ।’
‘हामीलाई पूरा विश्वास छ—हामी नेपालीले जित्ने छौँ, नेपालले जित्ने छ। जलेका सपनाहरूलाई फेरि जागृत गर्दै नयाँ पुस्ताको सुन्दर भविष्य साकार बनाउँने छौँ। आउनुहोस्, यस यात्रामा हामी सबै मिलेर अगाडि बढौँ। हामी नेपाली सबैको जय होस् !’