Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
दमकमा रास्वपा र एमाले कार्यकर्ताबीच झडप
मङ्गलवार, माघ ६, २०८२
झापा, ६ माघः मंगलबार झापाको दमकमा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताबीच झडप भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा बरिष्ठ नेता बालेन शाह उम्मेदवार रहेको यो क्षेत्रमा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ताका क्रममा झडप भएको हो ।
दमकस्थित गोल्चोक क्षेत्रमा दुवै दलका समर्थकबीच झण्डा छोइएको विषयलाई लिएर विवाद सुरु भएको थियो। एमालेले आफ्ना कार्यकर्ता भेला हुन तोकेको स्थानमा रास्वपाका समर्थकहरूले ठाउँ नछाडेपछि स्थिति तनावपूर्ण बनेको प्रहरीले जनाएको छ।
रास्वपाका कार्यकर्ता गोर्खा डिपार्टमेन्ट स्टोर अगाडि भेला हुने तय भए पनि दुवै समूह एउटै क्षेत्रमा आमनेसामने भएपछि घम्साघम्सी भएको हो। रास्वपाका युवाहरूले ढुङ्गा प्रहार गरेपछि स्थिति केही बेर अनियन्त्रित बनेको प्रत्यक्षदर्शीले बताएका छन्।