Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.
Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.
Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.
बिर्तामोडमा पिकअपको ठक्करबाट वृद्धाको मृत्यु
मङ्गलवार, माघ ६, २०८२
बिर्तामोड, ६ माघः बिर्तामोडस्थित जात्रुबारीमा पिकअपको ठक्करबाट एकजना वृद्धाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा बिर्तामोड-५ की ८१ वर्षीया श्रीमाया लिम्बू रहेकी छन् । उनलाई पिकअपको पछाडिको भागले ठक्कर दिएको थियो ।
आज दिउँसो १२ः५५ बजे बिर्तामोड ५ जात्रुबारीस्थित भित्री सडकखण्डमा रहेको किराना पसलमा सामान लोड गरी ब्याक गर्ने क्रममा मे. १ ज १८०४ नम्बरको सामान बोक्ने पिकअप गाडीले लिम्बूलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएकी लिम्बूलाई उपचारको लागि बिएन्डसी अस्पताल बिर्तामोडमा उपचार गराउने क्रममा दिउँसो १ः३० बजे मृत्यु भएको हो ।
पिकअप चालक बुद्धशान्ति-३ बस्ने ३१ वर्षीय हरिप्रसाद काफ्ले र पिकअप इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।