शुक्रवार, फागुन २२, २०८२
Nayapaper | अनलाइन पत्रिका

अध्यक्ष ओलीद्वारा जेनजी आन्दोलनमा क्षतिग्रस्त संरचनाको निरीक्षण

मङ्गलवार, माघ ६, २०८२

झापा, ६ माघः पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त संरचनाको आज निरीक्षण गर्नुभएको छ । 
 
झापा–५ मा आज उम्मेदवारी मनोनयनका लागि आउनुभएका अध्यक्ष ओलीले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी  गरिएको इलाका प्रहरी कार्यालय दमक र दमक नगरपालिकाको निरीक्षण गर्नुभएको हो । 
 
निरक्षणका क्रममा उहाँले स्थानीय जनप्रतिनिधि, सुरक्षा निकायका अधिकारी तथा पार्टी कार्यकर्तासँग छलफल गर्नुभएको पार्टीका जिल्ला अध्यक्ष प्रेम गिरीले जानकारी दिनुभयो । उहाँले आजै प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यक्रम छ । 
सम्बन्धित खबर