शनिवार, साउन १२, २०८१
NayaPaper | अनलाइन पत्रिका

बिर्ता आयुर्वेदको आयोजनामा नि:शुल्क स्वास्थ्य शिबिर तथा रक्तदान कार्यक्रम सम्पन्न

बिहिवार, भदौ १४, २०८०

झापा । बिर्तामोडमा सन्चालनमा रहेको बिर्ता आयुर्वेद एण्ड फिजियोथेरापी सेन्टर छैटौं बर्ष पूरा गरि सातौ बर्षमा प्रबेश गरेको छ ।
सेन्टरले यस अवसरमा बिहीबार आज बृहत नि:शुल्क स्वास्थ्य शिबिर तथा रक्तदान कार्यक्रम गरि मनाइएको छ।

शिविरमा हार्ड्जोर्नी ,नसा तथा प्यारालाइसिस,पाइल्स,ग्यास्ट्रीक,कब्जियत, सुगर, कोलेस्ट्रोल , थाइराइड, महिलाका समस्या लगायत चेक जाँच गरिएको फिजियोथेरापिस्ट डाक्टर भगवान शाहले जानकारी दिनुभयो ।
वार्षिक उत्सबका अवसरमा ४० जना भन्दा बढिको स्वास्थ्य जाँच गरि ल्याबमा १०%,फिजियोथेरापीमा१५%,क्षारसुत्रमा १०% र औषधिमा५% छुट गरिएको संचालक कमल रिजालले बताउनु भयो।

डाक्टर बिनय प्रधान र डा.भगवान शाहको टोलिले स्वास्थ्य परिक्षण गर्नु भएको थियो भने नेपाल रेडक्रस सोसाइटी बिर्तामोडको प्राबिधिक सहयोगमा १५ पिन्ट रगत संकलन भएको बिर्ता आयुर्वेद एण्ड फिजियोथेरापी सेन्टरकी संचालिका नर्वदा भट्टराईले जानकारी दिनु भयो ।

सम्बन्धित खबर