Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज
शुक्रवार, माघ ९, २०८२
ललितपुर, ९ माघ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्दै छ । कांग्रेसका सचिव प्रकाश शर्माका अनुसार पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने भएको हो । कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्य पहिलो पटक केन्द्रीय कार्यालय सानेपा पुग्नुहुने छ ।
उपसभापति पुष्पा भुसालले सभापति गगनकुमार थापासहित पदाधिकारीले पदभार ग्रहण गरेपछि बैठक बस्ने बताउनुभयो । उहाँका अनुसार फागुन २१ गते तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने प्रस्ताव बैठकमा प्रस्तुत हुने छ । उहाँले निर्वाचन अभियानसँग सम्बन्धित समिति गठन गर्ने र समसामयिक राजनीतिक सन्दर्भमा पनि छलफल हुने बताउनुभयो ।
मुख्य सचिवको राजीनामा
नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले राजीनामा दिनुभएको छ । उहाँलाई पूर्वसभापति शेरबहादुर देउवाले १३ औँ महाधिवेशनमा नेतृत्वमा निर्वाचित भएपछि पार्टीको मुख्य सचिव पदमा नियुक्त गर्नुभएको थियो ।
राष्ट्रिय सभा सदस्य पौडेलले पार्टीको मुख्य सचिवबाट बिहीबार राजीनामा दिनुभएको हो । उहाँले मुख्य सचिवबाट राजीनामा दिए पनि कांग्रेस पार्टीमा निरन्तर क्रियाशील रहने प्रस्ट पार्नुभयो ।