Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
ईटहरीमा ‘सागर बरु सुकेर गैजाला’ म्युजिक भिडियोको चर्चा
शनिवार, भदौ १६, २०८०
बेलबारी । पछिल्लो समयका चर्चित तथा लोकप्रिय मोडल तथा नायक बादल श्रैष्ठसँग शुक्रबार कोशी प्रदेशका रंग पत्रकारहरुको जम्काभेट सहित उनको नयाँ भिडियोका बारेमा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।
सुनसरीको ईटहरीस्थित परिकला न्यूजको सभाहलमा चलचित्र पत्रकार कोशी प्रदेशको आयोजनामा श्रेष्ठसँगको भेटघाट तथा भर्खरै सार्बजनिक भएको उनको नयाँ भिडियो (सागर बरु सुकेर गैजाला) को परिचर्चा गरिएको हो। कार्यक्रममा मोडल तथा नायक श्रेष्ठले कलाकारिता यात्रा,भोगाई र आगामी योजनाका बारेमा आफना धारणा राखेका थिए । मोफसलमै रहेर पनि केन्द्रस्तरमै प्रतिष्पर्धा गर्न सकिन्छ भन्ने उदाहरण बनेका श्रेष्ठले अहिलेसम्म २५ वटा भन्दा बढी म्युजिक भिडियोमा काम गरिसकेका छन भने केही चलचित्रमा अभिनय समेत गरिसकेका छन ।
मोरंगको बेलबारी घर भएका श्रेष्ठ पछिल्लो समय सार्बजनिक भिडियोबाट बढी आशावादी देखिन्छन । सार्बजनिक भिडियोमा श्रेष्ठले जीवन्त अभिनय गर्न सफल भएका छन्। कार्यक्रममा सहभागीहरुले उनको अभिनयको तारिफ समेत गरेका छन्। उनीसँगै कार्यक्रममा सहभागी मोडल बिनोद बस्नेतले समेत उनको अभिनयको तारिफ गरे ।
चलचित्र पत्रकार संघ कोशीका अध्यक्ष नरेन्द्र बूनेतको सभापतित्वमा भएको कार्यक्रम चलचित्र पत्रकार संघ सुनसरीको उपाध्यक्ष मनोज दाहालले सञ्चालन र संघका कोशी प्रदेश सदस्य सुवास संकल्पले स्वागत मनतब्य राखेका थिए ।