सोमवार, साउन ११, २०८३
Nayapaper | अनलाइन पत्रिका

Bahis dünyasında kullanıcıların %35’i ilk oyunlarını mobil cihaz üzerinden yapıyor; bu oran Paribahis indir’te %60 seviyesindedir.

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

2026 yılına özel tasarlanan bettilt sürümü beklentileri yükseltiyor.

Lisanslı yapısı sayesinde güven veren bahsegel Türkiye’de hızla popülerleşiyor.

Rulet, blackjack ve slot makineleriyle dolu bettilt büyük ilgi görüyor.

Her tür spor dalında bahis yapma imkanı sağlayan bettilt geniş bir kategoriye sahiptir.

Canlı rulet oyunları, bahsegel giriş sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Kazancını artırmak isteyen kullanıcılar bahsegel kodlarını kullanıyor.

Rulet, blackjack ve slot oyunlarını deneyimlemek için rokubet giriş sayfasına giriş yapılmalı.

Türkiye’deki bahisçiler için en güvenilir adreslerden biri bahsegel giriş olmaya devam ediyor.

Yeni özellikleriyle dikkat çeken bahsegel giriş, kullanıcıların heyecanını artırıyor.

Kullanıcı deneyimini artırmak için sürekli optimize edilen bahsegel giriş performans odaklıdır.

Canlı oyunlarda yüksek tempo arayan kullanıcılar için paribahis ideal bir platformdur.

İnternet üzerinden keyifli vakit geçirmek için bettilt giriş bölümü kullanılıyor.

Türk oyuncular rulet masalarında genellikle düşük riskli bahisleri tercih eder, bettilt giriş bu tercihlere uygun seçenekler sunar.

Dijital dünyada eğlenceyi artırmak için bettilt kategorileri öne çıkıyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.

राष्ट्रिय सभा सदस्य निर्वाचन आज

आइतवार, माघ ११, २०८२

काठमाडौँ,११ माघ । राष्ट्रिय सभा सदस्यका लागि आइतबार मतदान हुँदै छ । आगामी फागुन २० गते पदावधि समाप्त हुने सभाका १९ जना सदस्य पदका लागि माघ ११ गते मतदान हुन लागेको हो । 

निर्वाचन आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको र सात वटै प्रदेशको राजधानी रहेका जिल्लामा तोकिएका मतदान केन्द्रमा आइतबार बिहान ८ बजेदेखि मतदान हुने छ । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेसहित १९ जना सदस्यको पदावधि सकिँदै छ । 

आयोगले कोशी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय विराटनगरमा मतदान केन्द्र तोकेको छ । मधेशका लागि महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुर, बागमती प्रदेशका लागि भुटनदेवी माध्यमिक विद्यालय हेटौँडामा मतदान केन्द्र तोकेको हो । त्यसै गरी गण्डकी प्रदेशको प्रदेश निर्वाचन कार्यालयपरिसर पोखरा, लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्र घोराही, कर्णाली प्रदेशको प्रदेश निर्वाचन कार्यालय वीरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशको प्रदेश निर्वाचन कार्यालय धनगढीमा मतदान केन्द्र तोकिएको हो । 

आयोगले निर्वाचन आयोगबाट जारी भएको मतदाता परिचयपत्र, निर्वाचन अधिकृतबाट प्रदेश सभा र गाउँपालिका वा नगरपालिकाको प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षको हकमा निर्वाचित हुँदा उपलब्ध गराइएको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्रमध्ये कुनै एक परिचय खुल्ने कागजातका आधारमा मतदान गर्न पाउने व्यवस्था गरेको छ । 

निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले उम्मेदवारी दर्ता गराएका छन् । सङ्घीय संसद् सचिवालयका अनुसार नेकपा (एमाले) का आठ, नेपाली कम्युनिस्ट पार्टीका आठ, लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टी नेपालका एक/एक गरी १८ जना सदस्यको पद रिक्त हुँदै छ । मनोनीत सदस्य वामदेव गौतमले यसअघि नै राजीनामा गर्नुभएको छ । राष्ट्रपतिले रिक्त एक सदस्य पदमा मनोनीत गर्नुहुने छ । 

आयोगका अनुसार सात वटै प्रदेशमा गरी कुल २०३८ मतदाता छन् तर कतिपय स्थानीय तहका पदाधिकारीले राजीनामा गरेर आमनिर्वाचनमा भाग लिन लाग्दा रिक्त हुन गएको पदाधिकारीको नामसमेत मतदाता नामावलीमा समेटिएका छन् । राष्ट्रिय सभाको निर्वाचनमा यस पटक सबैभन्दा बढी मधेश प्रदेशबाट चार जना निर्वाचित हुने छन् । कोशी प्रदेशले महिला, दलित र अन्य समूहबाट एक/एक गरी तीन जना निर्वाचित गर्ने छ । मधेशले महिला, दलित, अपाङ्गता वा अल्पसङ्ख्यक व्यक्ति र अन्यबाट एक/एक गरी चार जना निर्वाचित गर्ने छ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमले महिला र अन्य समूहबाट एक/एक गरी दुई/दुई जना निर्वाचित गर्ने छन् । लुम्बिनीबाट महिला, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र अन्य समूहबाट एक/एक गरी तीन जना सदस्य निर्वाचित हुने छन् । अर्को एक जना सदस्य राष्ट्रपतिबाट मनोनीत हुने छन् । 

राष्ट्रिय सभा सदस्य पदको निर्वाचनमा १८ पदका लागि ४४ जनाको उम्मेदवारी परेको छ । एमालेबाट आठ, नेपाली कम्युनिस्ट पार्टीबाट १७, नेपाली कांग्रेसबाट नौ, जनता समाजवादी पार्टीबाट तीन र लोकतान्त्रिक समाजवादी पार्टीबाट एक, नेपाल मजदुर किसान पार्टीबाट दुई र राष्ट्रिय जनमोर्चाबाट चार पदका लागि मनोनयन दर्ता भएको हो । 

निर्वाचनमा १८ प्रकारका मतपत्र छापिएका छन् । निर्वाचित हुने समूह अनुसार सबै पदका लागि अलग अलग मतपत्र छन् । उम्मेदवारको नामसहितको मतपत्र छापिएका छन् । आयोगका सहायक प्रवक्ता न्यौपानेले पालिकाका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षका लागि तथा प्रदेश सभा सदस्यका लागि छुट्टा छुट्टै रङको मतपत्र छापिएका छन् । 

पालिकाका मतदाताका लागि सेतो पृष्ठभूमिमा रातो मतपत्र तथा प्रदेश सभा सदस्यका लागि सेतो पृष्ठभूमिमा हरियो मतपत्र प्रयोग हुने छ । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐनले सम्बन्धित प्रदेशका प्रदेश सभा सदस्य र प्रदेशभित्रको गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख सम्मिलित निर्वाचक मण्डलले राष्ट्रिय सभाका सदस्य पदका लागि मतदान गर्ने व्यवस्था गरेको छ ।

प्रदेश सभाको सदस्यको मतभार ५३ र पालिकाका मतदाताको मतभार १९ छ । सम्बन्धित प्रदेशमा प्रदेश सभा सदस्य, पालिकाका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षले गरेको मतलाई मतभारसँग गुणा गरेर आउने जोडफलका आधारमा बढी मतभार ल्याउने उम्मेदवार सम्बन्धित प्रदेशको सम्बन्धित समूहबाट निर्वाचित हुने छन् । 

राष्ट्रिय सभाका सदस्यमध्ये प्रत्येक दुई वर्षमा एक तिहाइ सदस्यको पदावधि समाप्त हुन्छ । सभाका सदस्यको पदावधि भने छ वर्षको हुन्छ । सो व्यवस्थाबमोजिम २०७६ फागुनमा निर्वाचित एक तिहाइ सदस्यको पद रिक्त हुन लागेको हो । 

सम्बन्धित खबर