शुक्रवार, असोज ४, २०८१
NayaPaper | अनलाइन पत्रिका

कनकाई नदीमा बेपत्ता भएका युवाको शव भेटियो

शनिवार, भदौ १६, २०८०

बिर्तामोड । कनकाई नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका युवाको शव भेटिएको छ । कनकाई-४ त्रिवेणी टोलका २४ वर्षीय सविन श्रेष्ठको शव आज भेटिएको प्रहरीले जनाएको छ ।
बिहीबार दिउँसो २ बजेदेखि बेपत्ता भएका श्रेष्ठको शुक्रबारदेखि नै खोजी कार्य जारी राखिएको थियो । आज बिहानैदेखि स्थानीयबासीसहित जिल्ला प्रहरी कार्यालय विपद व्यवस्थापनको टोलीले नदीमा श्रेष्ठको खोजी गरेको थियो ।

श्रेष्ठको शव कनकाई ४ का वडा सदस्य शेषप्रसाद प्रसाईंसहित प्रहरी टोलीले आज फेला पारेको हो । शिवसताक्षी-१० स्थित कनकाई नदीमा साथीहरुसँग माछा मार्ने क्रममा श्रेष्ठ पानीमा डुबेर बेपत्ता भएका थिए ।

सम्बन्धित खबर