Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
अमेरिकामा आँधीका कारण १३ हजार बढी हवाई उडान रद्द
सोमवार, माघ १२, २०८२
काठमाडौं, १२ माघः अमेरिकामा हिउँदे आँधी कारण जनजीवन ठप्प भएको छ ।
आइतबारदेखि शुरू भएको आँधीले हजारौंको संख्यामा उडानहरु रद्द भएका हुन् । सडकहरूमा जमेको बरफले यातायात सेवा रोकिएको र विद्युत् आपूर्ति प्रभावित भएको समाचार संस्था एपीले जनाएको छ । मौसमविद् एलिसन सान्तोरेलीले हिउँ र बरफ पग्लन ढिलो हुने र यसले उद्धार कार्यलाई कठिन बनाउने बताउनुभयो ।
हिउँदे आँधीका कारण १२ वटा राज्यमा आपत्काल घोषणा भएको छ । सङ्घीय आपत्कालीन व्यवस्थापन एजेन्सीले विभिन्न राज्यमा आपत्कालीन सामग्री, कर्मचारी र खोज तथा उद्धार टोलीहरू तयारी अवस्थामा राखेको जनाएको हो। बरफ र हिउँले प्रभावित क्षेत्रहरूमा १ लाख ४० हजार भन्दा बढी घरधुरीमा बिजुली आपूर्ति बन्द भएको छ ।
आइतबार रसोमबार गरि अमेरिकाभरी १३ हजार भन्दा बढी उडान रद्द भएका छन् । डलास–फोर्ट वर्थ अन्तर्राष्ट्रिय विमानस्थलमा मात्रै ७ सय भन्दा बढी उडान रद्द भएका हुन् । न्यासभिल, लुइसियाना, डलास, ह्युस्टन, फीलाडेल्फिया र मेम्फिसमा विद्यालय बन्द गरिएको समाचार संस्था एपीले जनाएको छ ।