Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
फिलिपिन्समा डुङ्गा डुब्दा १५ जनाको मृत्यु, २८ बेपत्ता
सोमवार, माघ १२, २०८२
मनिला, १२माघ : दक्षिणी फिलिपिन्सको बासिलान प्रान्तमा सोमबार यात्रु बहाक डुङ्गा डुब्दा कम्तिमा १५ जनाको मृत्यु हुनुका साथै २८ जना बेपत्ता भएको अधिकारीहरूले बताएका छन् ।
फिलिपिन्स कोस्ट गार्ड (पिसिजी) का कमान्डर रोमेल दुआले डुङ्गामा सवार कम्तीमा ३१६ जनालाई उद्धार गरिएको बताउनु भएको छ ।
पीसीजीले एमरवी त्रिशा केस्र्टिन– ३ जाम्बोङ्गा शहरबाट सुलु प्रान्तको जोलो टापु तर्फ जादै गर्दा डुबेको पुष्टि गर्नु भएको छ ।
पीसीजी प्रमुख एडमिरल रोनी गिल गावनले मनिलामा पत्रकारहरूसँगको साक्षातकारमा डुङ्गाले आइतबार स्थानीय समय अनुसार बेलुका ९ः२० मा जाम्बोङ्गा सिटी पोर्ट छोडेको बताउनु भएको छ ।
खोजी र उद्धार अभियान जारी रहेको उल्लेख गर्दै डुङ्गाको अधिकतम यात्रु क्षमता ३५० रहेकोमा ३३२ जना यात्रुहरु सवार रहेको “गवनले बताउनु भएको छ ।
यस क्षेत्रका सबै उद्धार सामाग्रीहरु उद्धारमा संलग्न रहेको भन्दै पीसीजीले यस घटनामा तुरुन्तै कारबाही गरेको उहाँले बताउनु भएको छ ।उहाँले डुङ्गा डुब्नुका कारणबारे अझै अनुसन्धान भइरहेको पनि बताउनु भएको छ ।