शुक्रवार, मंसिर ७, २०८१
Nayapaper | अनलाइन पत्रिका

महानगरको गाडीमा बालेनपत्नीको सवारी, ट्राफिकले रोकेको झोकमा सिंहदरबार जलाइदिने धम्की

शनिवार, भदौ १६, २०८०

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले आज फेसबुकमा अराजक स्ट्याटस लेख्दै सिंहदरबार जलाइदिने धम्की दिएका छन् । उनेका यो स्ट्याटस महानगरपालिकाको सरकारी नम्बर प्लेटको गाडी ट्राफिक प्रहरीले केही बेर रोकेको घटनासँग सम्बन्धित रहेको खुलेको छ ।

स्रोतका अनुसार आज बेलुकी भक्तपुरतिरबाट आएको गाडीलाई कोटेश्वरमा ट्राफिक प्रहरीले रोकेर कागजपत्र मागेका थिए । ड्राइभरले महानगरको गाडी भन्दै कागज देखाउन आनाकानी गरे । ट्राफिक प्रहरीले सरकारी नम्बरको गाडी शनिवार चलाउन प्रशासनको पत्र चाहिने जानकारी दिए । त्यसपछि ड्राइभरले गाडी काठमाडौँ महानगरका मेयर बालेन्द्र साहको भएको बताए ।

करिब तीन मिनेट संवादपछि फेरि शनिवार नचलाउन भन्दै प्रहरीले गाडी छोडेका थिए । स्रोतका अनुसार गाडीको पछाडि सिटमा मेयर पत्नी सवार थिइन् । गाडी यसरी रोकिएको केही बेरपछि नै बालेनको स्ट्याटस आएको हो ।

सम्बन्धित खबर