Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
बंगलादेशमा तीन प्रहरीलाई मृत्युदण्डको सजाय
मङ्गलवार, माघ १३, २०८२
बंगलादेश, १३ माघ । बंगलादेशको अदालतले सोमबार ढाकाका पूर्व प्रहरी प्रमुख तथा अन्य दुई वरिष्ठ प्रहरी अधिकारीलाई मृत्यदण्डको सजाय सुनाएको छ ।
जुलाई २०२४ मा चलेको आन्दोलनका दौरान मानवताविरुद्धको अपराध गरेको भन्दै ढाकाका तत्कालीन प्रहरी कमिस्नर हबिबु रहमान, सह–कमिस्नर सुदिप कुमार चक्राव्रत र उप–कमिस्नर शाह आलम मोहम्मदलाई सजाय सुनाइएको हो ।
यस घटनामा अन्य ५ जना प्रहरीलाई जेल चलान गरिएको छ । बंगलादेशमा गत जुलाईको आन्दोलनमा भएका दमनका मुद्दा अन्तर्राष्ट्रिय अपराध ट्राइबुनल (आईसिटी) नामक विशेष अदालतले हेर्दै आएको छ ।
मृत्युदण्डको फैसला आउँदा तीन अभियुक्तमध्ये कोही पनि अदालतमा उपस्थित भएनन् । उनीहरुको अवस्था अज्ञात रहेको बंगलादेशी सञ्चारमाध्यमले जनाएका छन् । बंगलादेशमा १२ फेब्रुअरीमा चुनाव हुँदैछ । अगस्ट २०२४ मा शेख हसिना नेतृत्वको सरकार अपदस्थ भएपछिको यो पहिलो चुनाव हो ।
बंगलादेशमा जुलाई–अगस्ट २०२४ मा १४ सय जनासम्म मानिसह? मारिएका थिए । प्रदर्शनलाई मत्थर गर्नका लागि तत्कालीन सरकारले निकै कठोर दमन गरेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।