शनिवार, फागुन ३०, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

झापा–५ चुनावी बहसको केन्द्र

बुधवार, माघ १४, २०८२

विष्णु पोखरेल

दमक, १४ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लिएर झापा निर्वाचन क्षेत्र नं. ५ अहिले देशकै सबैभन्दा धेरै चर्चामा रहेको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौँ महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाह (बालेन) को उम्मेदवारीले यो क्षेत्रलाई राष्ट्रिय राजनीतिमा बहसको केन्द्र बनाइदिएको हो । दुवै जनालाई आआफ्नो दलले भावी प्रधानमन्त्रीका रूपमा उभ्याएर पनि यो क्षेत्र चुनावी चर्चाको केन्द्र बनेको हो । चुनावी रौनक पनि थपिँदै छ । 

राजनीतिक वृत्तदेखि सामाजिक सञ्जाल, चिया पसलदेखि बौद्धिक बहससम्म अहिले झापा–५ कै चर्चा छ । “ओली कि बालेन ?” भन्ने प्रश्नले जनमत विभाजित मात्र होइन, उत्साहितसमेत बनाएको छ तर यो क्षेत्रमा अरू प्रतिस्पर्धी पनि गम्भीर ढङ्गले जनमत आफूतिर पार्न उत्रनुभएको छ । यस्तै कारण यो निर्वाचनलाई केवल एक क्षेत्रको प्रतिस्पर्धा मात्र नभई देशको राजनीतिक धार तय गर्ने निर्णायक प्रतिस्पर्धाका रूपमा हेरिएको छ । 

एकातर्फ लामो राजनीतिक अनुभव र सङ्गठनात्मक शक्तिमा रहनुभएका ओली र अर्कातर्फ नयाँ पुस्ताको आशा, विद्रोही चेत र सहरी लोकप्रियताको प्रतीक बनेका बालेनबिचको प्रतिस्पर्धा रोचक बन्ने देखिएको छ । ओलीले उम्मेदवारी दर्तापछि चार दिन झापा बसेर पार्टी सङ्गठन परिचालन, कार्यकर्ता भेटघाट, चुनावी सभा र घरदैलो कार्यक्रममार्फत जनतामाझ आफ्नो सन्देश पु¥याउनुभएको छ । अर्का प्रतिस्पर्धी शाह पनि उम्मेदवारी दर्तापछि अन्य निर्वाचन क्षेत्रततर्फ लाग्नुभएको छ । अरू धेरै उम्मेदवार भने जनतामाझ पुग्न थालिसक्नुभएको छ । 

एमालेले घरदैलो कार्यक्रम र आवश्यक प्रचारप्रसारको काम तीव्र रूपमा अघि बढाइएको पूर्वमन्त्री देवेन्द्र दाहालले जानकारी दिनुभयो । दाहालका अनुसार मतदातालाई स्थानीय प्रतिबद्धताबारे जानकारी गराउने, पार्टीका विगतका उपलब्धि र भावी योजना प्रस्तुत गर्ने रणनीति अपनाइएको छ । एमालेले झापा–५ मा आफ्नो परम्परागत मताधार सुरक्षित राख्दै नयाँ मतदाता आकर्षित गर्ने लक्ष्य लिएको जानकारी दिनुभयो ।

रास्वपाका वरिष्ठ नेता रहनुभएका उम्मेदवार बालेन भने दमक–५ मा बनाइएको सम्पर्क कार्यालयमा दुई दिन भेटघाट गरेर फर्कनुभएको रास्वपाका क्षेत्रीय सभापति भेषराज भट्टराईले बताउनुभयो । अहिले घरदैलो कार्यक्रमलाई रास्वपाले तीव्र बनाएको उहाँले जानकारी दिनुभयो । 

बालेनले अहिलेसम्म ठुला सार्वजनिक सभा, भाषण वा औपचारिक घोषणापत्र सार्वजनिक गर्नुभएको छैन । भेट्न आएकाहरूसँग छोटो संवाद, सुझाव सङ्कलन र फोटो खिच्ने शैलीले उहाँले ध्यान खिच्नुभएको छ । अब कार्यक्रम तय गरेर आएपछि उहाँले बोल्ने पनि स्थानीय पार्टी नेतृत्वले जानकारी गराएको छ । सामाजिक सञ्जाल, युवामाझ प्रत्यक्ष संवाद र परिवर्तनको नारालाई मुख्य हतियार बनाउने बालेन पक्षको रणनीति देखिन्छ । “जनताले परिवर्तन चाहेका छन् र त्यो परिवर्तन बालेनलाई देखेका छन्,” भट्टराईले भन्नुभयो ।

अन्य उम्मेदवार पनि सक्रिय 

ओली र बालेनको उम्मेदवारीले चर्चा पाए पनि झापा–५ मा अन्य २२ जना उम्मेदवार पनि चुनावी अभियानमा सक्रिय रहनुभएको छ । उहाँहरू आआफ्ना एजेन्डा, विचार र प्रतिबद्धतासहित मतदातामाझ पुग्न थाल्नुभएको छ ।

कांग्रेसबाट पौड्याल 

नेपाली कांग्रेसबाट मन्धरा पौड्याल उम्मेदवार रहनुभएको छ । क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीका अनुसार कांग्रेस अहिले रूपान्तरण भएकाले चुनावी माहोल सकारात्मक छ ।  भण्डारीले युवा नेता गगन थापा पार्टी सभापति भएपछि सङ्गठन थप सव्रिmय भएको दाबी गर्नुभयो । “प्रमुख दलमध्ये यहाँ महिला उम्मेदवारी दिने एक मात्र पार्टी नेपाली कांग्रेस हो,” उहाँले भन्नुभयो । 

कांग्रेसले महिला नेतृत्व, सामाजिक न्याय, रोजगारी, शिक्षा र स्वास्थ्यलाई मुख्य मुद्दा बनाएको छ ।

युवा नेता तामाङ 

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट उक्त पार्टीका केन्द्रीय सदस्य रञ्जित तामाङ उम्मेदवार हुनुहुन्छ । विद्यार्थी राजनीतिबाट आएका तामाङले युवा आकाङ्क्षा, विचार र वैकल्पिक अर्थनीतिलाई आफ्नो मुख्य एजेन्डा बनाउनुभएको छ । यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टीले लगातार तीन पटक यो क्षेत्रमा प्रतिनिधि सभा उम्मेदवारी नदिएको र यस पटक उम्मेदवार बनेकाले कार्यकर्ता निकै उत्साहित रहेको  उम्मेदवार लक्ष्मीप्रसाद सङ्ग्रौलाले बताउनुभयो । 

श्रम संस्कृति र स्वतन्त्र पनि 

श्रम संस्कृति पार्टीबाट समीर तामाङलगायत झापा क्षेत्र नं. ५ मा २४ जना उम्मेदवार चुनावी मैदानमा रहनुभएको छ । 

सबै पार्टीका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरूले आफ्नो चुनावी अभियानलाई तीव्रता दिइरहनुभएको छ । झापा–५ मा कुल एक लाख ६३ हजार ३७९ मतदाता 

रहेका छन् । तीमध्ये करिब १० हजार मतदाता नयाँ थपिएका छन् ।

सम्बन्धित खबर