आइतवार, चैत १, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

खोटाङका उम्मेदवार मतदाता रिझाउन घरदैलोमा

बुधवार, माघ १४, २०८२

खोटाङ, १४ माघः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा खोटाङका १५ जना नेता चुनावी प्रतिस्पर्धामा छन् । प्रतिनिधिसभातर्फ एउटामात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा दुई स्वतन्त्रसहित १५ जना नेताहरू उम्मेदवारी दर्ता गरेर आफ्नो जित सुनिश्चितताका लागि मतदाता रिझाउने घरदैलो अभियान छन् ।

विसं २०७९ को चुनावमा झै यस पटक पनि पुरानै तीन राजनीतिक दलबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । अघिल्लो निर्वाचनमा नेपाली कांग्रेससँगको वाम–लोकतान्त्रिक गठबन्धनबाट तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य रामकुमार राई निर्वाचित हुनुभएको थियो ।

एमालेले जिल्ला अध्यक्ष देवविक्रम राईलाई उम्मेदवार बनाएको छ । अघिल्लो निर्वाचनमा माओवादी केन्द्रसँगको गठबन्धनका कारण आफ्नो उम्मेदवार उठाउन नपाएको कांग्रेसले यसपटक महाधिवेशन प्रतिनिधि वीरकाजी राईलाई उम्मेदवार बनाएको छ ।

हरि रोकालाई उम्मेदवार बनाएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) पनि उत्साहित भएर घरदैलो अभियानमा जुटेको छ । साङ्गठनिक रूपले एमाले र कांग्रेसभन्दा केही कमजोर भए पनि उम्मेदवारको क्षमताको आधार तथा छ जना पूर्वसांसदको साथ मतपरिणाम आफूहरूको पक्षमा हुने नेकपाका नेताहरूले बताएका छन् ।

प्रदेशसभातर्फ दुईवटा निर्वाचन क्षेत्र रहेको जिल्लामा क्षेत्र नं १ (१)मा एमालेका पाँचकर्ण राई र क्षेत्र नं २ (२)मा कांग्रेसका भूपेन्द्र राई प्रदेशसभा सदस्य हुनुहुन्छ । दश स्थानीय तह रहेको जिल्लामा सबैभन्दा धेरै कांग्रेसका जनप्रतिनिधि छन् ।

दुई नगरपालिका प्रमुख, चार गाउँपालिका प्रमुख, एक नगरपालिका उपप्रमुख, तीन गाउँपालिका उपप्रमुख र ३२ वडाध्यक्ष कांग्रेसका छन् । समन्वय समिति प्रमुख र उपप्रमुखसहित दुई गाउँपालिका प्रमुख, एक नगरपालिका उपप्रमुख, दुई गाउँपालिका उपप्रमुख र २५ वडाध्यक्ष नेकपाका छन् ।

नेपालका एक गाउँपालिका उपप्रमुख र दुई वडाध्यक्ष रहेका छन् । उनासी वडा रहेको जिल्लामा एक वडाध्यक्ष भने कांग्रेसका बागी उम्मेदवारले जितेका छन् ।

पहिलोपटक जिल्लामा सङ्गठन विस्तार गरेर निर्वाचनमा भाग लिएको राष्ट्रिय स्वतन्त्र पार्टी र पहिलो पटक चुनावमा होकिएको श्रम संस्कृति पार्टी तथा राष्ट्रिय परिवर्तन पार्टीले पनि पुराना राजनीतिक दललाई चुनौती दिएका छन् ।

रास्वपाबाट रुद्र गिरी र श्रम संस्कृति पार्टीबाट आरेन राईले उम्मेदवारी दिनुभएको छ । जेनजी युवाले दर्ता गराएका राष्ट्रिय परिवर्तन पार्टीले पनि जिल्लाबाट २५ वर्षीय मिरेश राईलाई उम्मेदवार बनाएको छ ।

अघिल्लो निर्वाचनमा तेस्रो भएको जसपा नेपाल अहिले दुई धारमा छ । तत्कालीन निर्वाचनका उम्मेदवार डा केकेले अहिले पार्टी छाडिसक्नुभएको छ । विभाजन भएको जसपाबाट राकेश राई र जसपा नेपालबाट सुनिल चाम्लिङ उम्मेदवारी दिनुभएको छ । अघिल्लो निर्वाचनमा जिल्लामा चौथो भएको राप्रपाले अहिले दीपक तामाङलाई उम्मेदवार बनाएको छ । नेपाल कम्युनिस्ट पार्टी माओवादीबाट चन्द्रबहादुर बुढाथोकी ‘शैलेस’, मङ्गोल नेसनल अर्गनाइजेसन पार्टीबाट प्रयाग राई, नेपाल मजदुर किसान पार्टीबाट ध्यानप्रसाद ढकाल, मितेरी पार्टी नेपालबाट केशरमान चाम्लिङ तथा स्वतन्त्र उम्मेदवारका रूपमा डा राजकुमार राई र तिलकचन्द्र राई रहनुभएको छ ।

आगामी निर्वाचनका लागि जिल्लामा १३६ वटा मतदानस्थल तथा १९५ वटा मतदान केन्द्र निर्धारण गरिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार आगामी निर्वाचनका लागि खोटाङमा एक लाख ४७ हजार १२० जना मतदाता रहेका छन् ।

सम्बन्धित खबर