Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
बिर्तामोड नगरपालिकाको आठौँ नगरसभा अधिवेशन सम्पन्न
बुधवार, माघ १४, २०८२
झापा, १४ माघ : बिर्तामोड नगरपालिकाको दोस्रो नगरसभाको आठौँ अधिवेशन सम्पन्न भएको छ। गत पुस ३० गते सुरु भएको उक्त अधिवेशनले विभिन्न प्रस्तावहरू पारित गर्दै आज समापन भएको हो।
अधिवेशनमा सम्बोधन गर्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले सरकारका नियम, परिधि र कानुनभित्र रहेर जनप्रतिनिधिले आफ्नो जिम्मेवारी पूरा गरिरहेको बताउनुभयो। उहाँले जनताको जीवनस्तर उकास्न सकारात्मक सोचका साथ अघि बढ्न सबै जनप्रतिनिधिलाई आग्रह गर्दै निष्पक्ष रूपमा बजेट विनियोजन गरी काम भइरहेको स्पष्ट पार्नुभयो।
त्यसैगरी नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले स्वीकृत तथा सञ्चालनमा रहेका योजनाहरू समयमै सम्पन्न गर्न जनप्रतिनिधिहरूलाई आग्रह गर्नुभयो। निर्वाचन आचारसंहिताको पालना गर्दै काम गर्नुपर्नेमा जोड दिँदै उहाँले अझै धेरै काम बाँकी रहेको उल्लेख गर्नुभयो।
यस्तै वडा नम्बर ६ का वडाअध्यक्ष सूर्य प्रसाद कन्दङ्वाले जनप्रतिनिधि र कर्मचारीहरू एकजुट भएर काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
आर्थिक वर्ष २०८२/८३ का लागि स्वीकृत योजना तथा कार्यक्रमको संशोधन तथा रकमान्तर प्रस्ताव पारित गर्दै अधिवेशन सम्पन्न भएको हो।