सोमवार, चैत २, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

प्रदेशसभाको हिउँदे अधिवेशन आव्हान गर्न सिफारिश

बिहिवार, माघ १५, २०८२

विराटनगर, १५ माघः कोशी प्रदेश सरकारले प्रदेशसभाको आगामी हिउँदे अधिवेशन यही माघ २५ गतेका लागि आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी माघ २५ गते दिउँसो २ बजेदेखि प्रदेशसभाको बैठक बोलाउने गरी सिफारिस गरिएको आन्तरिक मामला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले जानकारी दिनुभयो ।
 
बैठकका निर्णयहरूबारे जानकारी दिँदै मन्त्री पराजुलीले  हाल प्रदेशसभाको आफ्नै भवन र सचिवालय निर्माणको क्रममा रहेकाले वैकल्पिक व्यवस्थास्वरूप विराटनगरस्थित वीरेन्द्र सभागृहमा अधिवेशन सञ्चालन गरिने जानकारी दिनुभयो । मासिक रु आठ लाख भाडा दिने गरी बैठक सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो ।  
 
मन्त्रिपरिषद् बैठकले प्रदेशको विकास र कानुनी संरचनासँग सम्बन्धित अन्य छ वटा महत्त्वपूर्ण निर्णयहरू समेत गरेको छ । सरकारले मन्त्रिपरिषद्को कानुन, न्याय तथा प्रदेश मामिला समितिबाट परिमार्जित भई आएको कोशी प्रदेश योजना आयोग गठन तथा सञ्चालन (गठन आदेश) २०८२ लाई स्वीकृत गरेको छ । त्यसैगरी, प्रदेशमा कानुनी सहायतासम्बन्धी व्यवस्था गर्नका लागि कोशी प्रदेश कानुनी सहायता विधेयकको मस्यौदा तयार पार्न सैद्धान्तिक सहमति दिएको छ । बैठकले विकास आयोजनातर्फ नेपाल र जापान सरकारबीचको आपसी सहमतिमा सञ्चालित कोशी पम्प चन्द्रनहर सिँचाइ आयोजनामा प्रयोग हुने सवारी साधनलाई कर छुट दिने प्रस्ताव पारित गरेको छ । 
 
ग्रामीण सडक सञ्जाल सुधार आयोजनालाई प्रभावकारी रूपमा सञ्चालन गर्न प्रदेश सरकारको तर्फबाट साढे १२ प्रतिशत म्याचिङ फण्ड उपलब्ध गराउने निर्णय भएको छ । यो कायक्रम अन्तर्गत सङ्घीय सरकारले रु ७७ करोड पुँजीगत र चालु रु ७० लाख उपलब्ध गराएको छ । विपन्न नागरिकको आवासको अधिकार सुरक्षित गर्नका लागि कोशी जनता आवाससम्बन्धी मापदण्डसहितको कार्यविधि २०८२ लाई मन्त्रिपरिषद्ले स्वीकृति गरेको जनाइएको छ ।
सम्बन्धित खबर