शनिवार, साउन १२, २०८१
NayaPaper | अनलाइन पत्रिका

वीर अस्पतालको ६ तल्ला माथिबाट हाम्फालेर आत्महत्या, गोजीमा पाँच रुपैयाँको नोट र सलाईको बट्टा

सोमवार, भदौ १८, २०८०

काठमाडौं । वीर अस्पतालको ६ तल्ला माथिबाट हाम्फालेर आज एक अज्ञात पुरुषले आत्महत्या गरेका छन् । उनको पहिचान खुलेको छैन ।
अस्पतालका निर्देशक सन्तोष पौडेलले शवलाई पोस्टमार्टमका लागि पठाइएको बताउनु भयो। अहिलेसम्म शव दाबी गर्न कोही पनि आफन्त नआएको उहांले जानकारी दिनुभयो । मृतक वीर अस्पतालमा भर्ना भएको बिरामी वा कुरुवा नभएको पौडेलको भनाइ छ ।

घटना आज बिहान अन्दाजी तीन बजेर १० मिनेटमा भएको हो । अस्पताल सुनसान भएको अवस्थामा ती पुरुष बाहिरबाट आएर सरासर भवनको छैटौँ तल्लामा उक्लिएका थिए । उनी माथिबाट फाल हानेपछि गार्डले थाहा पाए । टाउको फुटेको अवस्थामा इमर्जेन्सीमा लगे । तर, त्यहाँ डाक्टरले तत्कालै मृत घोषित गरेका थिए ।

अस्पताल स्रोतका अनुसार हुलिया हेर्दा मृतक अति विपन्न व्यक्ति जस्तो देखिन्छन् । उनको उमेर अनुमानित ३५ वर्ष छ । उनले फाटेको लुगा लगाएका थिए । उनको साथमा मोबाइल परिचयपत्र केही पनि भेटिएको छैन ।

केवल पाँच रुपैयाँको नोट र एउटा सलाईको बट्टा भेटिएको स्रोतले बतायो । उनी मानसिक अवस्था ठीक नभएको र आत्महत्याकै उद्देश्यले बाहिरबाट आएको अनुमान छ । अस्पतालमा उनको कोही पनि बिरामी रहेको पाइएको छैन ।

 

 

सम्बन्धित खबर