Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
वीर अस्पतालको ६ तल्ला माथिबाट हाम्फालेर आत्महत्या, गोजीमा पाँच रुपैयाँको नोट र सलाईको बट्टा
सोमवार, भदौ १८, २०८०
काठमाडौं । वीर अस्पतालको ६ तल्ला माथिबाट हाम्फालेर आज एक अज्ञात पुरुषले आत्महत्या गरेका छन् । उनको पहिचान खुलेको छैन ।
अस्पतालका निर्देशक सन्तोष पौडेलले शवलाई पोस्टमार्टमका लागि पठाइएको बताउनु भयो। अहिलेसम्म शव दाबी गर्न कोही पनि आफन्त नआएको उहांले जानकारी दिनुभयो । मृतक वीर अस्पतालमा भर्ना भएको बिरामी वा कुरुवा नभएको पौडेलको भनाइ छ ।
घटना आज बिहान अन्दाजी तीन बजेर १० मिनेटमा भएको हो । अस्पताल सुनसान भएको अवस्थामा ती पुरुष बाहिरबाट आएर सरासर भवनको छैटौँ तल्लामा उक्लिएका थिए । उनी माथिबाट फाल हानेपछि गार्डले थाहा पाए । टाउको फुटेको अवस्थामा इमर्जेन्सीमा लगे । तर, त्यहाँ डाक्टरले तत्कालै मृत घोषित गरेका थिए ।
अस्पताल स्रोतका अनुसार हुलिया हेर्दा मृतक अति विपन्न व्यक्ति जस्तो देखिन्छन् । उनको उमेर अनुमानित ३५ वर्ष छ । उनले फाटेको लुगा लगाएका थिए । उनको साथमा मोबाइल परिचयपत्र केही पनि भेटिएको छैन ।
केवल पाँच रुपैयाँको नोट र एउटा सलाईको बट्टा भेटिएको स्रोतले बतायो । उनी मानसिक अवस्था ठीक नभएको र आत्महत्याकै उद्देश्यले बाहिरबाट आएको अनुमान छ । अस्पतालमा उनको कोही पनि बिरामी रहेको पाइएको छैन ।