Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
कङ्गोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु
शनिवार, माघ १७, २०८२
किन्शासा,१७ माघ: अफ्रिकी देश कङ्गोको रुबाया क्षेत्रमा अवस्थित कोल्टान खानीहरूमा भएको भीषण दुर्घटनामा कम्तीमा २०० जना खानी मजदुरको ज्यान गएको छ । ‘मार्च–२३’ आन्दोलन (एम–२३) नामक विद्रोही समूहका एक प्रवक्ताले शुक्रबार उक्त घटनाको पुष्टि गरेका छन् ।
प्रवक्ताका अनुसार विभिन्न खानी सुरुङ अचानक भत्किँदा अधिकांश पीडितहरू खानीभित्रै माटोमा पुरिएका थिए । मृतकमध्ये महिला र बालबालिकासमेत रहेका छन्, जसले घटनाको गम्भीरता झन् बढाएको छ । दुर्घटनामा परेकाहरू अधिकांशजसो जीविकोपार्जनका लागि खानीमा काम गर्ने खानी मजदुरहरू रहेका थिए ।
बुधबार र बिहीबार रुबाया क्षेत्रका फरक–फरक कोल्टान खानीहरूमा एकपछि अर्को गर्दै सुरुङ भत्किने घटना भएको हो । रुबाया क्षेत्र सन् २०२४ को अप्रिल महिनादेखि एम–२३ विद्रोही समूहको नियन्त्रणमा रहेको बताइएको छ, जसका कारण उद्धार तथा राहत कार्यमा पनि कठिनाइ उत्पन्न भएको छ ।
संयुक्त राष्ट्रसङ्घको अनुमानअनुसार रुबाया क्षेत्रका खानीहरूले विश्वव्यापी टान्टालम आपूर्तिको करिब १५ प्रतिशत हिस्सा उत्पादन गर्दै आएका छन् ।
घटनापछि स्थानीय बासिन्दा र मानवअधिकार समूहहरूले खानी सुरक्षाको अवस्था, बालश्रम तथा अव्यवस्थित खानी उत्खननप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । हालसम्म पनि मृतकको यकिन पहिचान र विस्तृत विवरण सार्वजनिक भइसकेको छैन ।