शुक्रवार, चैत ६, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

झापा–३ मा एमालेको पुनरागमन: राजवंशीको उम्मेदवारीले कार्यकर्ता उत्साहित

आइतवार, माघ १८, २०८२

झापा, १८ माघः झापा क्षेत्र नं. ३ मा एमाले र राप्रपाबीचको तालमेल नभएपछि यतिवेला दुवै दल आआफ्नो चुुनावी अभियानमा लागेका छन् । सो क्षेत्रमा एमाले नेता कार्यकर्ताको भावना विपरित केन्द्रबाट तालमेल हुँदै आएको थियो ।

१२ वर्षपछि झापा ३ मा एमालेले आफ्नै उम्मेदवार पाएको छ । पार्टीमा अनुशासित र सालिन पहिचान बनाएका हरि बहादुर राजवंशीले उम्मेदवारी दर्तापछि शुभचिन्तकहरुसँगको भेटघाटलाई तीब्र बनाउनुभएको छ । ‘भूमिपुत्र’ नै उम्मेदवार पाएपछि झापा ३ का मतदाता उत्साहित भएको एमाले कार्यकर्ताको धारणा छ ।

फागुन २१ मा हुने निर्वाचनको पूर्वसन्ध्यामा उम्मेदवारहरु आन्तरिक भेटघाटलाई तीब्रता दिइरहेका छन् । यसैबीचमा मतदाताहरुले देखाएको सद्भावले राजवंशी निर्वाचनमा जीत निकाल्ने ठाउँमा पुगेका छन् । एमालेबाट उम्मेदवार बनेका राजवंशीले झापा ३ का मतदाता मत बदल्न आतुर रहेको बताउँनुहुन्छ । सुर्यमा मतदान गर्न इच्छुक मतदाताहरुको भावना १२ वर्षपछि सम्बोधन भएको उहाँको भनाई छ । १२ वर्षमा खोला फर्किन्छ भन्थे, राजवंशी भन्नुहुन्छ,– ठ्याक्कै त्यस्तै भएको छ । परिणामले पनि खोला फर्किएको प्रमाणित गर्नेछ ।

चुनावी अभियानमा सक्रिय राजवंशीले आम मतदाता आफ्नो उम्मेदवारीले खुशी भएको बताउनुहुन्छ । झापा – ३ मा अघिल्लो पटकसम्म सुर्यमा मत खसाल्न पाएनौं भन्ने मतदाताहरुको लागि अवसर प्राप्त भएको छ । सो क्षेत्रमा एमालेले उम्मेदवार नपाए पार्टीमा ठुलो विद्रोहको तयारी भएको थियो ।

एमाले बाह्रदशीका अध्यक्ष अनिल सापकोटाले आफ्नो पार्टी संगठन निर्माण गरेर अन्य पार्टीको उम्मेदवारलाई मत दिनु व्यवहारिक नभएको स्पष्ट पार्नुहुन्छ । एमालेले बलियो संगठन बनाएपछि अरु पार्टीको उम्मेदवारलाई सहयोग गर्न आवश्यक नै छैन । उहाँ भन्नुहुन्छ, झापा ३ बाहिरबाट हेरे जस्तो मात्र छैन । यो क्षेत्रमा एमालेको बलियो र सुदृढ संगठन रहेको छ । हामी हाम्रो उम्मेदवारलाई विजय गराउने छौं । अध्यक्ष सापकोटाका अनुसार झापा ३ को मुख्य प्रतिष्पर्धी भने राप्रपा नै हो ।

विकास ल्याउन जिताएर पठाएको मान्छेले ‘राजा’ ल्याऔं भनेपछि एमाले समर्थक मतदाता रुष्ट बन्दै आएका थिए । एमालेले भोट दिएपछि फर्केर नहेर्ने प्रवृतिले आफ्नो उम्मेदवार तयार गरेको एमाले नेताहरुको भनाई छ । एक नेता भन्छन्, एमालेले जिताएर पठाएको मान्छेले बाँकी समय कुनै समन्वय र सहयोग गर्नुपर्छ कि पर्दैन ?

चुनाव जितेर जनताकै घर आगनमा रहने राजवंशीको प्रतिवद्धता छ । उहाँले चुनाव जितेपछि क्षेत्रभन्दा बाहिर नबस्ने बताउदै आउनुभएको छ । आफ्नो प्रतिनिधिलाई भेट्न क्षेत्रका जनताले कुनै कष्ट गर्नुपर्दैन , उहाँले भन्नुभयो । यो पटक राप्रपासँग तालमेल छैन । झापा ३ को विकासका लागि मतदाताले एमालेको उम्मेदवार चाहेका थिए, उहाँले थप्नुभयो – ढुक्क भएर सुर्यमा मत दिनुहोस् ।

एमालेको राष्ट्रवादी छविमाथि आम मतदाता समेत खुलेर प्रसंशा गरिरहेको बताउँदै राजवंशीले झापा ३ मा एमालेको विजयी सुनिश्चित भएको बताउनुहुन्छ ।

यसअघि सो क्षेत्रमा एमालेले राप्रपाका अध्यक्ष समेत रहनुभएका राजेन्द्र लिङदेनलाई सघाएको थियो । लिङ्देनले ४० हजार ६४८ मत ल्याउनुभएको थियो । उहाँका निकटम प्रतिद्वन्द्वी कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले ३७ हजार ३७२ मत ल्याउनुभएको थियो । सिटौलालाई तत्कालिन सत्ता गठबन्धनका दलहरुको साथ थियो ।

२०७४ सालको निर्वाचनमा पनि लिङ्देनले एमालेको साथ पाएर सिटौलालाई हराउनुभएको थियो । लिङ्देनले ४४ हजार ६१४ मतसहित निर्वाचित हुँदा सिटौलाको पक्षमा ३१ हजार १७१ मत परेको थियो । २०७० सालमा कांग्रेस नेता सिटौलाले लिङ्देनलाई हराउनुभएको थियो ।

पञ्चायत कालमा गोलधाप गाविसका वडाध्यक्ष बनेका लिङदेन २०६१ देखि ०६३ सम्म झापाको जिल्ला विकास समिति सभापति बन्नुभएको थियो । पटक – पटक झापा ३ मा लिङदेन निर्वाचित भएपछि राप्रपाले पकडको क्षेत्रका रुपमा लिदैं आएको छ ।

झापा ३ मा यसअघिको निर्वाचनमा एमालेले समानुपातिकमा १९४६० र राप्रपाले १९७४३ मत प्राप्त गरेको थियो । यसपटक भने एमालेले आफ्नै उम्मेदवार उठाएपछि झापा–३ मा मुख्य प्रतिस्पर्धा गणतन्त्र पक्षधर एमाले र राजतन्त्र पक्षधर राप्रपाबीच हुने देखिएको छ । मतदाताले कसलाई विश्वास गर्ने हुन् भन्ने फैसला अब फागुन २१ गते हुने मतदानले गर्नेछ ।

सम्बन्धित खबर