Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.
Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.
Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.
कोशीमा प्रदेशस्तरीय ब्याटमिन्टन प्रतियोगितामा चौहान र सौडेल विजयी
आइतवार, माघ १८, २०८२
बेलबारी (मोरङ), १८ माघः बेलबारीमा आज सम्पन्न स्वर्गीय ‘बलबहादुर मगर स्मृति’ प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगितामा मेन्स डबल्स ‘बी’ लेभलतर्फ टेक चौहान र रविन सौडेन विजयी भएका छन् । बेलबारी–११ लक्ष्मीमार्गस्थित कवर्डहलमा आज सम्पन्न प्रतियोगितामा विभिन्न पाँच विधामा प्रतिस्पर्धीहरुले पुुरस्कार हात पारे ।
विजयी चौहान र सौडेलले नगद रु ४१ हजार हात पारे । साथै भेट्रान (४५ वर्षभन्दा माथि) तर्फ श्रवण चौधरी र नारायण श्रेष्ठ विजेता बन्दै रु २५ हजार प्राप्त गरे भने अन्तर सदस्यतर्फ विकास श्रेष्ठ र रमेश राईले जित्दै रु १५ हजार प्राप्त गरे ।
महिला डबलतर्फका विजेता सृष्टि राई र राजी राईले रु २५ हजार र यु १५ पुरुष सिङ्गलतर्फका विजेता अदिप मगरले रु १० हजार प्राप्त गरे । उत्कृष्ट खेलाडीमा प्रज्ञान ढकाल र उदयमान खेलाडीमा पुरुषतर्फ सागर चौधरी र महिलातर्फ सविज्ञा दाहाल घोषित भए । विजेता टिमलाई नगरपालिका प्रमुख दिलप्रसाद राईले नगदसहित शिल्ड, पदक र प्रमाणपत्र प्राप्त वितरण गर्नुभएको थियो ।
प्रतियोगितामा प्रदेशका १४ वटै जिल्लाबाट १०८ टिमको सहभागिता थियो । डाँगीहाट व्याटमिन्टन क्लबको आयोजनामा शुक्रबारदेखि सुरु भएको स्वर्गीय बलबहादुर मगर स्मृति कोशी प्रदेशस्तरीय प्रतियोगिता माघ १७ गतेसम्म सञ्चालन हुने भनिए पनि समय अभावका कारण १८ गते मात्र सकिएको आयोजक समितिका अध्यक्ष हरिकुमार पाण्डेले बताउनु भयो ।