शुक्रवार, चैत ६, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

मिथ्या सूचनामा निर्वाचन आयोगको अङ्कुश

सोमवार, माघ १९, २०८२

काठमाडौँ, १९ माघ । निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक निकायमार्फत आवश्यक कारबाहीको प्रक्रिया अघि बढाएको हो । नियामक निकायसँगको सहकार्यमा आयोगले सूचना सदाचार एकाइ गठन गरेर काम गरिरहेको छ । डिजिटल प्लेटफर्ममार्फत प्रचार भइरहेका निर्वाचन आचारसंहिता प्रतिकूलका सामग्रीमा आयोगले निगरानी बढाएको हो । 

निर्वाचन आयोगका अनुसार हालसम्म १२० वटा कन्टेन्ट उत्पादक/सम्प्रेषकलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐनबमोजिम कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोमा र छ वटालाई दूरसञ्चार प्राधिकरण ऐनबमोजिम आवश्यक कारबाही गर्न नेपाल दूरसञ्चार प्राधिकरणमा पठाइएको छ । त्यस्तै १५ वटालाई प्रेस काउन्सिल ऐनबमोजिम कारबाहीका लागि प्रेस काउन्सिल नेपालमा र ३४ वटालाई निर्वाचन आचारसंहिता २०८२ बमोजिम कारबाहीका लागि केन्द्रीय आचारसंहिता अनुगमन समितिमा पठाइएको आयोगले जनाएको छ । 

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भन्नुभयो, “सम्बन्धित केन्द्रले दैनिक सूचना विश्लेषण गरी सिफारिस गरिरहेको छ । सिफारिसका आधारमा सम्बन्धित निकायलाई हामीले आवश्यक कारबाहीका लागि लेखी पठाएका छौँ ।”

मौसमको सूचना विश्लेषण

आयोगले फागुन २१ गतेको चुनावमा उच्च हिमाली क्षेत्रमा मौसम कस्तो रहन्छ भन्नेबारे मौसम पूर्वानुमान महाशाखासँग नियमित सम्पर्क र तथ्याङ्क विश्लेषण भइरहेको जनाएको छ । आयोगले महाशाखासँग तथ्याङ्क र विश्लेषण उपलब्ध गराउन पनि आग्रह गरेको प्रवक्ता भट्टराईको भनाइ छ । 

“जल तथा मौसम विज्ञान विभागसँगको डाटा विश्लेषण गरेर मागेका छौँ । त्यो बेला कुनै ठुलो विपत्ति वा हिमपात भएमा के गर्ने भन्ने हामी निचोडमा पुगेका छैनौँ । अहिलेलाई तोकिएकै केन्द्रमा मतदान हुन्छ भन्ने नै हो । कुनै बदलाव आएमा विकल्पमा सोचिन्छ,” आयोग प्रवक्ता भट्टराईले भन्नुभयो । 

२३ स्पष्टीकरण, १२ जवाफ

माघ ४ गते रातिदेखि आचारसंहिता लागु भएसँगै आयोगले कार्यान्वयन अनुगमन र नियमनको प्रक्रियालाई पनि सँगै अघि बढाएको छ । मौखिक, लिखित तथा विद्युतीय माध्यमबाट पनि आचारसंहिता उल्लङ्घनमा उजुरी दिन सक्ने व्यवस्था आयोगले गरेको प्रवक्ता भट्टराईले बताउनुभयो । प्रवक्ता भट्टराईले भन्नुभयो, “जिल्ला आचारसंहिता अनुगमन अधिकृतको हकमा विगतभन्दा केही नयाँ व्यवस्था गरेका छौँ । आर्थिक र अन्य विषयलाई फरक फरक गरेका छौँ । सबै जिल्लाका आचारसंहिता अनुगमन अधिकृतसँगको कामकारबाही विवरण दैनिक रूपमा ‘रियल टाइम’ मै पाइरहेका छौँ । जिल्ला जिल्लामा अहिले उजुरी परिरहेको छ । त्यहाँबाट पनि कामकारबाही हुने छन् ।”

आयोगको केन्द्रीय आचारसंहिता अनुगमन समितिले आइतबारसम्म २३ वटा स्पष्टीकरण सोधेको र त्यसमा १२ वटा जवाफ प्राप्त भएका छन् । राजनीतिक दल, उम्मेदवार र संस्थालाई समेत यसबिचमा स्पष्टीकरण सोधिएको छ । जिल्लास्तरमा समेत आचारसंहिता उल्लङ्घनमा उजुरी लिने र कारबाही गर्ने कार्य सँगसँगै अघि बढिरहेको छ । बाँके, कालीकोट, पाल्पा, गुल्मीलगायतका जिल्लामा सभा सम्मेलन रोकिएको, आचारसंहिताविपरीत हुने प्रचारका कार्यक्रम रोकिएको आयोगले जनाएको छ । यस्तै राजनीतिक दल, उम्मेदवार तथा सरोकारवालासँग छलफल गरी आचारसंहिता कार्यान्वयनको सचेतना प्रक्रियासँगै अघि बढाइएको आयोगले जनाएको छ । 

निर्वाचन आचारसंहिता अनुसार ७७ वटै जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिकबाहेकका अन्य विषयमा र प्रमुख कोष नियन्त्रक/कोष नियन्त्रकलाई आर्थिक विषयमा अनुगमन गर्न आचारसंहिता अनुगमन अधिकृत आयोगले तोकेको छ । यस्तै आयोगले पहिलो पटक दल र उम्मेदवारलाई निर्वाचन प्रयोजनका लागि छुट्टै खाता खोल्न लगाएको छ । आयोगको पत्राचार अनुसार राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई खाता खोल्ने व्यवस्था मिलाउन परिपत्र गरिसकेको आयोगले जनाएको छ । बैङ्क खाता (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि आयोगबाट स्वीकृत भइसकेको छ । 

३० लाख मतपत्र छपाइ

आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको दुई करोड आठ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । प्रत्यक्षतर्फ शनिबारसम्म २५ जिल्लाका ३० लाख मतपत्र छपाइ सम्पन्न भएको आयोग प्रवक्ता भट्टराईले बताउनुभयो । 

छपाइ सम्पन्न भएकामध्ये ११ जिल्लामा ढुवानीका लागि तयारी अवस्थामा राखिएको छ । १६ लाख २१ हजार मतपत्र प्याकिङसमेत सकिएको छ । औसत १२ लाखभन्दा बढी मतपत्र छपाइ सकिएको र कार्यतालिकाले तोकिएको समयभित्र छपाइ सम्पन्न गरी सम्बन्धित क्षेत्रमा पठाउने तयारी आयोगको छ ।

सम्बन्धित खबर