Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
आईसीसी टी-२० विश्वकमा सहभागी हुने पाकिस्तानको निर्णय
सोमवार, माघ १९, २०८२
काठमाडौं, १९ माघ । पाकिस्तानले पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई आईसीसी टी–२० विश्वकप २०२६ मा सहभागी गराउने निर्णय गरेको छ ।
तर पाकिस्तानले समूह चरणमा भारतसँग श्रीलंकामा हुने खेल भने नखेल्ने जनाएको हो । आगामी फागुन ३ गतेका लागि तय भएको भारतसँगको खेल नखेल्ने निर्णय पाकिस्तान सरकारले आफ्नो आधिकारिक एक्समार्फत सार्वजनिक गरेको हो । यसअघि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अध्यक्ष मोहसिन नक्वीले पत्रकार सम्मेलनमा आईसीसीले दोहोरो मापदण्ड अपनाएको आरोप लगाउँदै भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को प्रभावमा रहेको दावी गरेका थिए ।
यो घोषणा पाकिस्तानका प्रधानमन्त्री मियाँ मुहम्मद शेहबाज शरीफ र पीसीबी अध्यक्ष नक्वीबीच भएको महत्त्वपूर्ण बैठक सकिएको केही मिनेटमै सार्वजनिक गरिएको हो ।
यो विषयमा विभिन्न छलफल भए पनि सहमति हुन नसकेपछि आईसीसीले प्रतियोगिताको तालिका यथावत् रहने भन्दै बंगलादेशको अपिल अस्वीकार गरेको थियो । साथै २४ घण्टाको समयसीमा पनि दिएको थियो । भारत र श्रीलंकामा आयोजना हुने आईसीसी पुरुष टी–२० विश्वकप यहि माघ २४ गतेदेखि शुरू हुँदैछ ।
सोही प्रतियोगितामा नेपालसहित २० टोली सहभागी हुने भएका छन् ।