Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
इरान र अमेरिकाबीच सम्भावित वार्ताको तयारी
मङ्गलवार, माघ २०, २०८२
एजेन्सी, २० माघ । इरानी प्रवक्ता इस्माइल बाघेईले टर्कीमा वार्ता शुरु हुन लागेको भनेर आएको पश्चिमी सञ्चारमाध्यमका रिपोर्टहरूको सन्दर्भमा टिप्पणी गर्नुभएको छ।
तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा सम्बोधनको क्रममा इरानले वार्ताका विभिन्न पक्ष र दृष्टिकोणहरूलाई गम्भीरतापूर्वक विचार गरिरहेको उहाँले बताउनुभएको हो। उहाँले विगतका वार्ताहरूमा अन्य पक्षहरूबाट भएका सम्झौता उल्लंघन र धोकाधडीका कारण यस पटक समय र सावधानीलाई निकै महत्व दिइएको स्पष्ट पार्नुभएको छ । इरानको मुख्य प्राथमिकता अमेरिकी प्रतिबन्धहरू हटाउनु रहेको , त्यसको बदलामा आफ्नो परमाणु कार्यक्रमप्रति रहेका विश्वव्यापी चिन्ताहरू सम्बोधन गर्न र विश्वासको वातावरण निर्माण गर्न तयार रहेको उहाँले बताउनुभयो ।
यसैबीच इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले पनि अमेरिकाले दबाबको नीति त्यागेमा छोटो समयमै न्यायोचित र निष्पक्ष परमाणु सम्झौता सम्भव रहेको उल्लेख गर्नुभएको छ । अमेरिकी सैन्य गतिविधि र राष्ट्रपति डोनाल्ड ट्रम्पका पछिल्ला अभिव्यक्तिहरूका बाबजुद इरानले कूटनीतिक माध्यमबाट राष्ट्रियहितको रक्षा गर्ने अडान राखेको हो ।