आइतवार, कार्तिक २२, २०८३
Nayapaper | अनलाइन पत्रिका

आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

मङ्गलवार, माघ २०, २०८२

काठमाडौँ, २० माघः केही दिनदेखि लगातार घटेको सुनको मूल्य आज भने बढेको छ। स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ९० हजार ३०० र त्यति नै परिमाणको चाँदीको मोल रु पाँच हजार ३३५ कायम भएको छ ।

सोमबार एक तोला छापावाल सुन रु दुई लाख ८६ हजार ६०० र एक तोला चाँदी रु पाँच हजार २०० मा खरिदबिक्री भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६८७ र त्यति नै परिमाणको सेतो धातु ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

सम्बन्धित खबर