शनिवार, चैत ७, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

बिर्तामोडमा १५ सयभन्दा बढी किशोरीलाई एचपिभी खोप लगाइने

मङ्गलवार, माघ २०, २०८२

बिर्तामोड, २० माघ : बिर्तामोड नगरपालिकामा यस वर्ष १५ सय भन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको हृयुमन प्यापुलोना भाइरस (एचपिभी) खोप लगाइने भएको छ।

नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख राजीव विष्टका अनुसार माघ २५ गतेदेखि नगरभित्रका निजी तथा सामुदायिक ५६ वटा विद्यालयमा पुगेर कक्षा ६ मा अध्ययनरत १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई खोप लगाइनेछ।

जनस्वास्थ्य निरीक्षक गणेश रिजालले गत वर्षको अभियानमा छुटेका लक्षित उमेर समूहका किशोरीलाई पनि यस वर्ष अनिवार्य रूपमा खोप लगाइने जानकारी दिनुभयो। उहाँका अनुसार प्रत्येक विद्यालयबाट छुटेका किशोरीहरूको नाम रोल नम्बर सहित संकलन गरिएको छ।

यसैगरी, कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका स्वास्थ्य अधिकृत संजय ठकुरीले पहिलो चरणमा खोप कार्यक्रम सञ्चालन गरिने र दोस्रो चरणमा स्क्रिनिङको काम गरिने बताउनुभयो। उहाँले नेपालमा पाठेघरको मुखको क्यान्सरका कारण प्रतिदिन औसतमा ४ महिलाको मृत्यु हुने गरेको उल्लेख गर्दै यस रोगको रोकथामका लागि एचपिभी खोप अत्यावश्यक रहेको बताउनुभयो।

नगर प्रमुख पवित्रा महतारा प्रसाईले अभियानको प्रचार–प्रसार र समन्वयमा सबै जनप्रतिनिधिहरूलाई सक्रिय भूमिका खेल्न आग्रह गर्नुभयो। स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पत्ति भएको उल्लेख गर्दै उहाँले लक्षित वर्गलाई व्यवस्थित रूपमा अनिवार्य खोप लगाउन जोड दिनुभयो।

बिर्तामोड नगरपालिकाले एचपिभी खोप सञ्चालनसम्बन्धी नगरस्तरीय अभिमुखीकरण गोष्ठी मंगलबार सम्पन्न गरेको छ। गोष्ठीमा जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कक्षा ६ मा अध्ययनरत किशोरीका साथै विद्यालय जानबाट वञ्चित किशोरीलाई समेत खोप अनिवार्य रूपमा लगाइने नगरपालिकाले जनाएको छ। खोप कार्यक्रमका लागि नगरभर ६७ वटा खोप केन्द्र तोकिएको छ।

सम्बन्धित खबर