शनिवार, साउन १२, २०८१
NayaPaper | अनलाइन पत्रिका

काठमाडौं १६ का वडाअध्यक्ष मुकुन्द रिजालको निधन

बिहिवार, भदौ २१, २०८०

काठमाडौं । काठमाडौं महानगर वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ ।

रिजालको बिहीबार बिहान ग्राण्डी अस्पतालमा डेंगुको उपचारका क्रममा निधन भएको वडासचिव प्रकाश खड्काले जानकारी दिनुभयो । रिजाल काठमाडौं कांग्रेस क्षेत्र नम्बर ७ क्षेत्रिय सभापति समेत हुन् ।

रिजाल गत स्थानीय तह निर्वाचनमा ४००५ मतका साथ अध्यक्षमा विजयी हुनुभएको थियो । अध्यक्षमा निर्वाचित भएसँगै रिजालले फोहोर व्यवस्थापनको विषयमा दिएको एक अभिव्यक्ति निकै चर्चामा आएको थियो ।

फोहोर व्यवस्थापन लगायतका विषयमा कार्यपालिकाको पहिलो बैठकमा नै मेयर बालेन शाहसँग चर्काचर्की पनि परेको थियो ।

सामाजिक सञ्जालमा समेत निकै सक्रिय रिजालले जनप्रतिनिधिहरुको तलब सुविधा काटेर त्यो रकम विकासको काममा खर्च गर्न प्रस्ताव गर्नु भएको थियो ।

सम्बन्धित खबर