मङ्गलवार, चैत १०, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

जलवायु परिवर्तनको असर : न्यूनीकरण अभ्यास घरखेतबाटै

शुक्रवार, माघ २३, २०८२

काठमाडौँ, २३ माघ । नेपालको मौलिक अर्थतन्त्रको पर्याय मानिने कृषि प्रणालीमा जलवायु परिवर्तनको असर न्यूनीकरण तथा अनुकूलनको अभ्यास अब किसानले आफ्नो घरखेतबाटै गर्न सक्ने भएका छन् । 

राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रको पहल तथा नेपालको कृषिमा जलवायु अनुकूलन एटलासको काठमाडौँमा सुरुवात भएसँगै जलवायु परिवर्तनको मारमा परेका किसानले अनुकूलन तथा न्यूनीकरण अभ्यासमा सहभागिता जनाउन पाउने भएका हुन् ।

जलवायु परिवर्तनका कारकका रूपमा अत्यधिक तापक्रम वृद्धि, अतिवृष्टि, सुक्खा खडेरी, मौसमजन्य विपत्को बढोत्तरीका हुँदा नेपालको कृषि तथा पशुपालनको उत्पादकत्वमा नकारात्मक असर बढ्दै गएको छ ।

अनुकूलनका उपायसँगै कहाँ कस्तो मौसम र वातावरण बनेको छ, अनि कसरी खेती गर्न सकिन्छ भनेर आफैँ तथ्य विश्लेषणमार्फत थाहा पाउन सक्ने विज्ञहरूले जानकारी दिनुभएको छ । त्यसको न्यूनीकरण गर्न आवश्यक मौसमजन्य सूचना किसानको हातहातमा पु्¥याउन यस डिजिटल तथ्यमा आधारित नक्साङ्कन प्रविधिले सघाउने दाबी कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले औँल्याउनुभयो । 

उहाँले कृषि प्रधान देश नेपालका कृषि उत्पादनमा बढोत्तरी ल्याउन पनि जलवायु अनुकूलनमैत्री रणनीतिमा जान आवश्यक रहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “नेपालको अधिक गार्हस्थ उत्पादन र दुई तिहाइ जनसङ्ख्याको आधार कृषि नै हो, जलवायु परिवर्तनले ह्रास ल्याएको बेला भएको सुरुवातले सबै पक्षलाई पनि राहत दिने छ ।”

एटलास जलवायु अनुकूलन दक्षिण एसियाका क्षेत्रीय निर्देशक डा. प्रमोद अग्रवालले विश्वमा जलवायु परिवर्तनको मुद्दाले उच्च महत्व पाइरहेका बेला नेपालले यस्तो प्रविधिमैत्री अनुकूलन सिकाइको सुरुवात निकै सराहनीय रहेको औँल्याउनुभयो । जलवायु परिवर्तनका कारण समग्र कृषि क्षेत्रमा पर्ने समग्र असर न्यूनीकरण र अनुकूलन गर्न सबै निकायका लागि उपयोगी हुने दाबी उहाँले गर्नुभयो । 

कृषि विश्व विद्यालयका प्रोफेसर डा. अर्जुन श्रेष्ठले सामूहिक प्रयासमा आएको यस प्रविधिको उपयोगबाट कृषि तथा पशुपन्छी क्षेत्रसँग आबद्ध सबै सरोकारवालाले लाभ लिन र दिन सक्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “जलवायु परिवर्तनको असरले अहिलेको अवस्थामा ४.२ प्रतिशतले धान उत्पादन घटेको छ, उत्पादकत्व बढाउने उपाय खोज्न गरिने अध्ययन अनुसन्धानका लागि यसका तथ्यको भरपुर प्रयोग गर्न सकिन्छ ।”

राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्रमुख डा. तुलसी पौडेलका अनुसार सरकारलाई कृषिमा जलवायु अनुकूलनको रणनीति तयार पार्न तथा कृषि क्षेत्र र उत्पादनका त्यसको जोखिम कम गर्न यसले मार्गदर्शन गर्ने छ । नेपाल जलवायु परिवर्तनको नकारात्मक प्रभावका दृष्किोणले विश्वको चौथो जोखिमयुक्त देश हो । यहाँका हिमाल, जैविक विविधतासँगै कृषिमा अत्यधिक असर पर्दा खाद्य सुरक्षामा चुनौती बढेको जिकिर उहाँको छ । 

नेपालको धान, मकै, गहुँलगायत आठ वटा खाद्य बाली र प्रमुख पाँच वटा पशुपालनका तथ्यलाई नमुनाका रूपमा एटलासमा प्रस्तुत गरिएको छ । तिनमा मौसमजन्य तथा जलवायु परिवर्तनको असर कसरी परिरहेको छ र कसरी किसानले तिनबाट सिकेर सुधारसहित उत्पादन गर्नु पर्छ भन्ने ज्ञान डिजिटल वेबसाइटमार्फत नै किसान र उत्पादनकर्ताले थाहा पाउन सक्छन् । 

सम्बन्धित खबर