Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
होटल व्यवसायी संघ झापाको अध्यक्षमा पुनः इन्दिरा श्रेष्ठ निर्विरोध निर्वाचित
शुक्रवार, भदौ २२, २०८०
बिर्तामोड । होटल व्यवसायी संघ झापाको अध्यक्षमा पुनः इन्दिरा श्रेष्ठ निर्विरोध निर्वाचित हुनु भएको छ ।
आज बिर्तामोडमा भएको १० औं जिल्ला अधिवेशनबाट दोस्रो कार्यकालका लागि श्रेष्ठ अध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएको हो ।३ बर्षे कार्यकालका लागि श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।
समितिको बरिष्ठ उपाध्यक्षमा ख्याम प्रसाद ओली, उपाध्यक्षमा रामकुमार प्रसाई, महासचिवमा शिवराज पौडेल, सचिवमा मानबहादुर गिरी, कोषाध्यक्षमा रमेश मगर निर्विरोध चयन हुनु भयो ।
त्यस्तै, सदस्यहरुमा तिलकबहादुर श्रेष्ठ, ढुका कुमाल, निरज सिटौला , टेकबहादुर बस्नेत, डम्बरबहादुर नेम्वाङ, जयप्रकाश राई, नोर्वु लामा शेर्पा , भिम सुब्बा र चन्द्रा बुढाथोकी चयन हुनु भएको छ ।बिर्तामोड नगर प्रमुख पवित्रा महतरा प्रसाईको प्रमुख आतिथ्यतामा भएको उद्धघाटन समारोहमा होटल व्यवसायी महासंघका उपाध्यक्ष देबी गौतम (रबिन), कोशी प्रदेश अध्यक्ष राजन दङ्गाल, मेचीनगर अध्यक्ष सुरेशकुमार श्रेष्ठ, चेम्बर अफ कमर्श झापा अध्यक्ष ओमकृष्ण बिमली लगायतले शुभकामना मनतब्य राखेका राखेका थिए ।