बुधवार, चैत ११, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

हरिबहादुरलाई मतदाताले भने, “भोट दिन्छौं तर हामीलाई बिर्सन पाउनुहुन्न”

शनिवार, माघ २४, २०८२

भद्रपुर, २४ माघः झापा भद्रपुर – ८ का मतदाताले जितेर गाउँ नफर्किनेहरुलाई भोट नदिने प्रतिक्रिया दिएका छन् । शुक्रवार भद्रपुर विमानस्थल पूर्व क्षेत्रका मतदाताले जितेर गाउँ नआउनेहरुलाई अब मत नदिने बताएका हुन् ।

नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका हरि बहादुर राजवंशीलाई सो क्षेत्रका बासिन्दाले ‘जितेपछि तपाई पनि नआउने होला’ भन्दै शंका व्यक्त गरे । राजवंशी गाउँमा हरि बहादुरलाई भने – हामी तपाईलाई भोट दिन्छौं, तर हामीलाई बिर्सन पाउनु हुन्न ।

पटक–पटक जिताएको उम्मेदवार गाउँ नफर्किएको भन्दै गुनासो गरेका मतदाताले विकासको बारेमा आफ्नै प्रतिनिधिसँग समेत कुरा राख्ने अवसर नपाएको बताए । यसअघि जिताएका उम्मेदवारलाई देख्न नपाएपछि उनीहरुले असन्तुष्ट व्यक्त गरिरहेका छन् ।

विद्यालयको पूर्वप्रअ समेत भइसकेका राजवंशीले जिते पनि हारे पनि जनताको बीचमा रहने प्रतिवद्धता गरेका छन् । उनले मतदातालाई मत दिए वा नदिन पनि साथमा रहने बताउनुभयो । उहॉंले झापा ३ का जनताको चहाना बमोजिम नै उम्मेदवार बनेको बताएका छन् । सुर्यमा मतदान गर्न इच्छुक मतदाताको आग्रहमा उम्मेदवार बनेको दावी गर्ने राजवंशीले भन्नुभयो – १२ वर्षमा खोला फर्काउने एमालेको चहानामा मतदाताको पूर्ण साथ छ ।

झापा ३ मा यसअघि नेकपा एमालेले राप्रपाका उम्मेदवारलाई सहयोग गर्दै आएको थियो । एमालेले राप्रपाको उम्मेदवारबाट क्षेत्रको विकासमा विभेद भोग्नुपरेको बताउदै आएको छ । क्षेत्रमा रहेका सबै पालिकाहरुलाई विकासमा समेट्ने काम हुन नसकेपछि आफूहरुले उम्मेदावारी दिनु परेको राजवंशीको भनाई छ ।

एउटा पालिकामा विकास गरेर क्षेत्रको विकास हुन सक्दैन, उहॉंले भन्नुभयो, झापा ३ को विकासका लागि सबै पालिकामा समान हिसावले विकासको काम हुनुपर्छ । एमालेले यसअघि भोट दिए पनि विकास नपाएको उनीहरुको तर्क छ ।

यता, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले विकासका काम बारे पत्रकार सम्मेलन गरेरै प्रगति विवरण सार्वजनिक गरिसक्नुभएको छ । उनले विगत र वर्तमानलाई तुलना गरेर हेर्न आग्रह गरिरहेका छन् ।

झापा ३ मा नेपाली कांग्रेसबाट राजेन्द्र घिमिरे, एमालेबाट हरि बहादुर राजवंशी, राप्रपाबाट राजेन्द्र लिङदेन, नेपाली कम्युनिष्ट पार्टीबाट डिल्ली घिमिरे, श्रम संस्कृति पार्टीबाट दिपक तिम्सिना लगायत उम्मेदवार बन्नुभएको छ ।

सो क्षेत्रमा ०४८ को संसदीय निर्वाचनमा एमालेका नेता द्रोणप्रसाद आचार्य विजयी हुनुभएको थियो । आचार्यको मुख्य प्रतिद्वन्द्वी कांग्रेसका कृष्णप्रसाद सिटौला हुनुहुन्थ्ये । आचार्यले १३ हजार ७ सय २१ मत ल्याउँदा सिटौला ९ हजार ८ सय २७ मत ल्याउनुभयो ।

०५१ सालको मध्यावधि निर्वाचनमा पनि एमालेका पुष्पराज पोखरेल विजयी हुनुभएको थियो । पोखरेलका मुख्य प्रतिद्वन्द्वी पनि कांग्रेस नेता सिटौला नै हुनुहुन्थ्यो । पोखरेलले १५ हजार ६ सय ५२ मत ल्याउँदा सिटौला १४ हजार ५ सय ११ मत ल्याएर पराजित हुनुभएको थियो ।

०४८ र ०५१ मा एमालेले लगातार दुई पटक संसदीय निर्वाचन जितेको क्षेत्रमा कांग्रेसले विजयी सुरुवात गरेको थियो । एमालेका नारायण राजवंशीलाई पराजित गर्दै कांग्रेस नेता सिटौला पहिलोपटक सांसद बन्नुभएको थियो । ०६४ सालमा पहिलो संविधानसभा निर्वाचनमा तत्कालिन माओवादीका पूर्णसिंह राजवंशी विजयी हुनुभयो । उहॉंले कांग्रेस नेता सिटौलालाई पराजित गर्नुभएको थियो । राजवंशीले १६ हजार ६ सय ८५ मत ल्याउँदा सिटौलाले १४ हजार ४९ मत ल्याउनुभएको थियो । एमालेका पुष्पराज पोखरेलले ९ हजार ६ सय ५४ मत ल्याएर पराजित हुनुभएको थियो ।

०७० को दोस्रो संविधानसभा निर्वाचनमा सिटौला दोस्रोपटक निर्वाचित हुनुभयो । उहॉंले १४ हजार ३ सय ५५ मत ल्याएर सांसद बन्नुभयो । उहॉंका निकटतम प्रतिद्वन्द्वी राप्रपा अध्यक्ष लिङ्देनले ९ हजार २ सय ५३ मत ल्याउनुभयो। संघीयतापश्चात् ०७४ सालको पहिलो प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेसँगको तालमेलामा राप्रपाका त्यस बेलाका महामन्त्री लिङ्देन निर्वाचित हुनुभयो ।

२०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि एमालेसँग भएको गठबन्धनका कारण लिङदेन लगातार दोस्रो पटक सांसदमा निर्वाचित हुनुभएको थियो ।

सम्बन्धित खबर