मङ्गलवार, चैत ३, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

निजामती सेवा दिवसका अवसरमा झापाका ४ जना कर्मचारी पुरस्कृत

शुक्रवार, भदौ २२, २०८०

झापा । निजामती सेवा दिवसका अवसरमा झापाका चार जना कर्मचारीलाई पुरस्कृत गरिएको छ ।
निजामती सेवा दिवस मूल समारोह समितिको आयोजनामा भद्रपुरमा आयोजित कार्यक्रम चार जना कर्मचारीलाई पुरस्कृत गरिएको हो । उनीहरूको कार्यसम्पादन र लगनशीलताका आधारमा पुरस्कृत गरिएको झापाका सहायक प्रमुख जिल्ला अधिकारी रुदप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।पुरस्कृत हुने कर्मचारीहरूमा मेची अस्पताल भद्रपुरका निमित्त सुपरिन्टेन्डेन्ट तथा बरिष्ठ जेनेरल सर्जन डा. रामबाबु खड्का, कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपाने, जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर होमनाथ गौतम र गौरीगञ्ज गाउँपालिकामा कार्यरत वडासचिव एजिना भट्टराई रहेका छन् । उनीहरूलाई जनही पाँच हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको हो ।

निजामती सेवालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा कर्मचारीहरूबीच आयोजना गरिएको निवन्ध प्रतियोगितामा कनकाई नगरपालिकाका वडासचिव इन्द्रसरोवर बजगाइँको निवन्ध प्रथम भएको छ । त्यस्तै आन्तरिक राजश्व कार्यालयका सुब्बा विशाल काफ्लेको निवन्ध दोस्रो भएको छ । प्रथम पुरस्कार पाउने बजगाइँले पाँच हजार र दोस्रो पुरस्कार पाउने काफ्लेले तीन हजार नगद पुरस्कार प्रदान गरिएको हो ।
कार्यक्रममा सरुवा भएर झापा आएका र विदाइ भएर अन्यत्र जाने कर्मचारीलाई स्वागत तथा विदाइ गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख विश्वनाथ बरालले झापामा निजामती कर्मचारीको सेवा उत्कृष्ट रहेको बताउनुभयो ।
झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले कानुनलाई निष्पक्ष रुपमा कार्यान्वयन गर्ने जिम्मावारी निजामती सेवाको रहेको बताउनुभयो । तर निजामती सेवामा भएका कमी कमजोरीलाई सुधारेर लैजानुपर्ने आज आवश्यकता रहेको उहाँको भनाइ थियो ।
यस्तै सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले निजामती कर्मचारी ज्याद 'रियाक्टिभ' हुने गरेका कारण 'प्रोएक्टिभ' काम गर्न ध्यान नगएको बताउनुभयो ।
कार्यक्रम निजामती सेवा दिवस मूल समारोह समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख विश्वनाथ बरालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा जिल्ला हुलाक कार्यालयका प्रमुख तथा कर्मचारी मिलन केन्द्रका कोषाध्यक्ष दामोदर घिमिरेले स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख मधु पोखरेलले गर्नुभएको थियो ।

सम्बन्धित खबर