झापा, २५ माघ : झापाको अर्जुनधारा नगरपालिकामा सवारी दुर्घटनामा परी एक पैदलयात्रीको मृत्यु भएको छ।
वडा नम्बर –३ गरुवा चोकस्थित बिर्तामोड–खुदुनाबारी सडक खण्डमा माघ २१ गते बिहान बिर्तामोडबाट जाँदै गरेको प्र.१-०१-०१८ प १६७ नम्बरको स्कुटीले बाटो काट्दै गरेका स्थानीय ४५ वर्षीय राजन बाँस्कोटालाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका बाँस्कोटालाई उपचारका लागि तत्काल बि एण्ड सि अस्पताल, बिर्तामोड पठाइएको थियो। उपचारकै क्रममा गए राति मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न स्कुटी चालक इलाम माइ नगरपालिका–३ बस्ने ३५ वर्षीया अमृता राई र स्कुटी प्रहरी नियन्त्रणमा रहेका छन्।
घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
सांकेतिक तस्बिर : AI



