बुधवार, चैत ११, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

स्थानीयस्तरका महोत्सवले पर्यटन प्रवर्द्धनमा टेवा

आइतवार, माघ २५, २०८२

भोजपुर, २५ माघ : स्थानीयस्तरमा सञ्चालन हुने खेलकुद प्रतियोगिता तथा मेला, महोत्सवले पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउँदै आएका छन् । खेल तथा मेलाका अवसरमा स्थानीय पालिकासहित छिमेकी जिल्ला तथा देशका विभिन्न स्थानबाट आउने खेलाडी र खेलप्रेमीको उपस्थितिले यहाँको पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव परेको स्थानीयवासीले बताएका छन् ।

खेलकुदलाई पर्यटन प्रवर्द्धनको आधार बनाउँदै जिल्लाको पौवादुङमा गाउँपालिकाले हालै तेस्रो पौवादुङमा गोल्डकप तथा माघी मेला सफलतापूर्वक सम्पन्न गरेको छ । प्रतियोगिता तथा मेलाका कारण जिल्लाभित्र र बाहिरबाट आएका आगन्तुकको उपस्थितिले स्थानीय पर्यटन र व्यवसायमा सकारात्मक प्रभाव पारेको छ ।

गोल्डकप तथा माघी मेलाका अवसरमा स्थानीय उत्पादनको प्रदर्शनी तथा बिक्रीसमेत गरिएको थियो । घरेलु कृषि उपज, हस्तकला सामग्री तथा परम्परागत खानाका स्टलहरूले दर्शकको ध्यान आकर्षित गरेका थिए । यसले स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पुग्नुका साथै किसान र उद्यमीलाई प्रोत्साहन मिलेको गाउँपालिकाले जनाएको छ ।

स्थानीयस्तरमा सञ्चालन हुने यस्ता खेलकुद प्रतियोगिता तथा सांस्कृतिक मेलाले रोजगारी सृजना, आर्थिक गतिविधि विस्तार र गाउँको पहिचान निर्माणमा योगदान पुर्याउँदै आएका छन् । स्थानीयवासीले यस्ता कार्यक्रमलाई अझ व्यवस्थित र दीर्घकालीन रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

शुक्रबार सम्पन्न गोल्डकप तथा माघी मेलामा सहभागी हुन गाउँपालिकाका विभिन्न वडासहित छिमेकी जिल्ला तथा देशका अन्य स्थानबाट खेलाडी, प्रशिक्षक, दर्शक र खेलप्रेमीको बाक्लो उपस्थिति देखिएको थियो । प्रतियोगिता अवलोकनका लागि बाहिरबाट आएका आगन्तुकका कारण होटल, रेस्टुरेन्ट तथा यातायात व्यवसायसमेत चलायमान बनेको स्थानीय व्यवसायी दिनेश अधिकारीले बताउनुभयो ।

“यस्ता प्रतियोगिता हुँदा बाहिरबाट धेरै मानिस आउँछन्”, उहाँले भन्नुभयो, “यसले खेलकुदसँगै गाउँको चिनारी बढाएको छ । होटल तथा व्यापार व्यवसायलाई पनि फाइदा पुगेको छ ।”

खेलकुद क्षेत्रको विकाससँगै आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यका साथ पौवादुङमा गाउँपालिकाले विगतका वर्षदेखि नै पौवादुङमा गोल्डकप तथा माघी मेला आयोजना गर्दै आएको छ । गाउँपालिकाले यस्ता कार्यक्रममार्फत स्थानीय सम्भावना उजागर गर्ने र गाउँलाई पर्यटकीय गन्तव्यका रूपमा चिनाउने रणनीति लिएको जनाएको छ ।

गाउँपालिका अध्यक्ष किरण राईका अनुसार खेलकुद प्रतियोगिता तथा मेला, महोत्सवले पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । खेलकुद र संस्कृति जोडिएका कार्यक्रमले यहाँको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याएको छ”, अध्यक्ष राईले भन्नुभयो, “आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै थप व्यवस्थित बनाउने योजना छ ।”

सम्बन्धित खबर